काठमाडौं । सौन्दर्य एवं मोडलिङ क्षेत्रमा चर्चा बटुलेका दुई महिला प्रतिनिधिसभा सदस्य बनेका छन् । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फबाट पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ र मोडल तथा सञ्चारकर्मी रीमा विश्वकर्मा संघीय सांसद बनेका हुन् । दुवै जनालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनाएको हो ।

यससँगै अनुष्का श्रेष्ठ संघीय सांसद बन्ने पहिलो मिस नेपाल बनेकी छन् । अनुष्का सन् २०१९ की मिस नेपाल विजेता हुन् । यसअघि नेपाल क्यान्सर निवारण प्रतिष्ठानले २०८२ सालको क्यालेन्डरमा ‘क्यान्सर निको हुन सक्छ, सुरुमै उपचार गरौँ’ भन्ने सन्देशसहित अनुष्काको तस्बिर प्रकाशित गरेको थियो । अहिले संघीय सांसद बनेपछि खुसी व्यक्त गरेकी छन् ।

उनी सौन्दर्य प्रतियोगिताबाट मात्रै नभइ सामाजिक सन्देश र जनचेतनामूलक अभियानमा समेत सक्रिय छिन् । अहिले देश र जनताको भविष्य बनाउने ठाउँमा पुगेपछि अझ उत्साहित बनेकी छन् । उनी भन्छिन्, ‘म सधैं जनताको आवाज उठाउने छु । साथै, महिलाको हक अधिकारको विषयलाई संसदमा उठाउने छु ।’
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-17
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
