काठमाडौं । फागुन २१ गतेको निर्वाचनपछि ठूला दलहरुको आधार भत्किएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुख्य राजनीतिक शक्ति भएर उदाएको छ । नेपाली राजनीतिमा राष्ट्रिय शक्तिको रुपमा उदाएको रास्वपा नयाँ सरकार गठनको तयारीमा जुटेको छ ।
रास्वपाले पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को नेतृत्वमा सरकार गठन गर्ने भएको छ । चुनावअघि नै रास्वपाले बालेनलाई प्रधानमन्त्रीका रुपमा अगाडि सारेको थियो । त्यहीअनुरुप बालेन चुनावी मैदानमा उत्रिएका थिए । त्यसैले बालेनको नेतृत्वमा रास्वापको सरकार गठन हुनेमा शंका छैन ।
काठमाडौं महानगरको मेयर पद छाडेर रास्वपाबाट चुनाव लडेका बालेन नेतृत्वको सरकारले पहिलो निर्णय के गर्छ भन्नेमा नागरिकमाझ कौतुशलता भएको छ । महानगरको मेयर हुँदा आफ्नो कामकारबाहीबाट चर्चामा आएका बालेनले देशको प्रधानमन्त्री भएपछि जनताको मन जित्ने काम गर्छन् भन्ने जनताको अपेक्षा छ । त्यही अनुरुपमा उनलाई जनताले मत दिएका हुन् ।
त्यसैले देशको प्रधानमन्त्री भएपछि बालेनले जनभावना अनुसार केही बोल्ड निर्णय गर्नुपर्ने हुन्छ । नेपाली जनता संघीयताप्रति सन्तुष्ट छैन । त्यसैले त्यसबारे केही महत्वपूर्ण निर्णय उनले गर्नुपर्छ ।
नागरिक तहबाट उठेका आवाजहरु यस्ता छन् । जो बालेन नेतृत्वको मन्त्रिपरिषदले पहिलो बैठकमै निर्णय गरेको खण्डमा गालीभन्दा ताली बढी पाउने छ । जुन कुरा यहाँ बुँदागत रुपमा प्रस्तुत गरिएको छ ।
१, मन्त्रिपरिषदको पहिलो बैठकमै सरकारी निकायमा रहेका ट्रेड युनियनहरु खारेज गर्ने निर्णय गरियोस् ।
२, प्रदेशहरु खारेज गर्ने निर्णय गर्दै देशका १४ अञ्चललाई पुर्नस्थापित गर्ने निर्णय गरियोस् ।
३, निर्वाचन सुरक्षाका लागि अस्थायी भर्ना गरिएका करिब डेढ लाख निर्वाचन प्रहरीलाई स्थायी गर्ने निर्णय गरियोस् । जसले ती युवाले देशमै सेवा गर्ने मौका पाउने छन् भने विदेशमा रोजगारीका लागि जानुपर्ने बाध्यताबाट मुक्त होस् ।
४, १४ अञ्चलमा एक–एक वटा प्रसुति गृह, अस्पताल र मेडिकल कलेज सञ्चालन गर्ने निर्णय गरियोस् ।
रास्वपाको सरकारको पहिलो मन्त्रिपरिषद बैठकले यी माथि दिएका बुँदाहरुमाथि टिप्पणी गर्दै कार्यान्वयन गर्ने निर्णय गरेको अवस्थामा जनता पनि खुसी हुनेछन् । किनकि, देशको अपूर्ण संघीयताले आर्थिक भार मात्र भएको छ भने नेताका आसेपासेलाई मात्र पोसाउने काम भइरहेको छ । त्यसैले पनि संघीयताप्रति जनता खुसी छैनन् । देशमा सुशासन र समृद्धिको नारा लिएर हालै सम्पन्न निर्वाचनमा पहिलो शक्ति बनेको रास्वपाले जनताको मन जित्नु आवश्यक छ ।
सम्पादकीय नोट : माथि उल्लेखित राय तथा सुझावहरु जनस्तरमा उठ्दै आएको आवाज हुन् । जुन आवाजहरु आक्रोशमा पोखिएकै कारण ठूला दलहरुको आधार भत्किएको हो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-12
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
