एचजेएनबीएल २०२६ मा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

काठमाडौं, हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा त्रिभुवन आर्मी क्लब र गोल्डेनगेट इन्टरनेसनल क्लबले विजयी सुरुवात गरेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको कभर्डहलमा मंगलबार भएको उद्घाटन खेलमा आर्मीले केभिसी हाउण्ड्सलाई १०७–७९ ले पराजित गर्‍यो। आर्मीका निश्चल महर्जनले २७ अंक जोड्दै एमभीपी बने।दोस्रो खेलमा गोल्डेनगेटले साबिक विजेता टाइम्स इन्टरनेसनल क्लबलाई ९२–७५ ले हरायो।

गोल्डेनगेटका निकेश मगरले ३७ अंक स्कोर गर्दै एमभीपी घोषित भए। प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव राम चरित्र मेहताले गरेका थिए।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2026-03-11