काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ पनि उल्लेख्य मत पाउने देखिएको छ ।
मतगणना अन्तिम चरणमा पुगेको समयमा समानुपातिकतर्फको मत गणनाको अपडेट अनुसार (बिहान ७ बजेसम्म) अहिलेसम्म एक करोड ७ लाख ३० हजार ५५१ मत गणना भएको छ । निर्वाचन आयोगले आज समानुपातिकको पनि मतगणना सम्पन्न हुने जानकारी दिएको छ ।
जसमा रास्वपाले ५१ लाख ३५ हजार ६२१ मत प्राप्त गरेको छ । जुन गणना भएको मतको ४७.९ प्रतिशत रहेको छ । त्यस्तै नेपाली कांग्रेसले १७ लाख ४७ हजार ७३७ मत अर्थात १६.३ प्रतिशत मत प्राप्त गरेको छ । त्यस्तै तेस्रो नम्बरमा एमाले देखिएको छ । एमालेले १४ लाख ४८ हजार ३७८ अर्थात् १३.५ प्रतिशत मत प्राप्त गरेको छ । नेपाली कम्युनिष्ट पार्टीले ८ लाख ३ हजार ६२७ अर्थात ७.५ प्रतिशत मत प्राप्त गरेको छ । त्यस्तै श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ५८७ मत अर्थात ३.५ प्रतिशत मत पाएको छ । त्यस्तै राप्रपाले ३ लाख २९ हजार ४८७ मत अर्थात् ३.१ प्रतिशत मत पाएको छ ।
त्यसैगरी समानुपातिक तर्फ कुल खसेको मत एक करोड ९ लाख ७७ हजार ७११ रहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-11
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
