काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य मत पाउने देखिएको छ ।
समानुपातिकतर्फको मत गणनाको अपडेट अनुसार अहिलेसम्म एक करोड २ लाख ६७ हजार ७३ मत गणना भएको छ ।
जसमा रास्वपाले ४९ लाख ३६ हजार ६५७ मत प्राप्त गरेको छ । जुन गणना भएको मतको ४८.१ प्रतिशत रहेको छ । त्यस्तै नेपाली कांग्रेसले १६ लाख ६९ हजार ५५९ मत अर्थात १६.३ प्रतिशत मत प्राप्त गरेको छ । त्यस्तै तेस्रो नम्बरमा एमाले देखिएको छ । एमालेले १३ लाख ८७ हजार १६९ अर्थात् १३.५ प्रतिशत मत प्राप्त गरेको छ । नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ५० हजार ८१ मत प्राप्त गरेको छ
त्यस्तै श्रम संस्कृति पार्टीले ३ लाख ४६ हजार ८०७ मत अर्थात ३.४ प्रतिशत मत पाएको छ । त्यस्तै राप्रपाले ३ लाख २२ हजार ८९ मत अर्थात् ३.१ प्रतिशत मत पाएको छ ।
त्यसैगरी समानुपातिक तर्फ कुल खसेको मत एक करोड ९ लाख ७७ हजार ७११ रहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-10
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
