काठमाडौँ । विश्व चर्चित गायिका रिहानाको घरबाहिर गोली प्रहार भएको घटना सार्वजनिक भएको छ। घटनामा कसैलाई पनि चोटपटक लागेको छैन । गोली चलाएको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
अमेरिकाको लस एन्जलस सहरको प्रहरीका अनुसार आइतबार रिहानाको घर नजिक गोली चलेको थियो। घटनाका क्रममा पाँचदेखि सात पटकसम्म गोली प्रहार गरिएको बताइएको छ । गोली घरको मूल ढोकामा लागे पनि घरभित्र प्रवेश नगरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटना हुँदा घरभित्र मानिसहरू उपस्थित थिए, तर कसैलाई पनि चोटपटक लागेको छैन । घटनामा संलग्न रहेको आशंकामा करिब ३० वर्षकी एक महिलालाई पक्राउ गरिएको छ ।
गोली चलेपछि प्रहरीले एउटा सवारी साधनलाई पछ्याएको थियो । उक्त सवारी सेतो रङको विद्युतीय गाडी रहेको बताइएको छ । पछि नजिकैको स्थानमा उक्त गाडी भेटिएपछि प्रहरीले महिलालाई नियन्त्रणमा लिएको हो । घटनाको कारण र पक्राउ परेकी महिलाको पहिचान भने हालसम्म सार्वजनिक गरिएको छैन ।
समाचार अनुसार ३८ वर्षीया रिहाना आफ्ना साथी तथा एक प्रसिद्ध गीत गायक र आफ्ना तीन सन्तानसँग अमेरिकाको बेभर्ली हिल्स नामक स्थानमा रहेको घरमा बस्दै आएकी छन् । यस घटनाबारे रिहानाका प्रतिनिधिहरूले हालसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन् ।
रिहाना विश्वभर निकै चर्चित गायिकामध्ये एक मानिन्छिन् । गायनसँगै उनले सौन्दर्य सामग्री र पहिरनसम्बन्धी विभिन्न व्यापार पनि सञ्चालन गर्दै आएकी छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-09
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
