काठमाडौ, देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश पूर्ण रूपमा नखुल्ने अनुमान गरिएको छ। हाल देशको वायुमण्डलमा उच्चचापीय प्रणालीसँगै पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ।मौसमविद् रोजन लामिछानेका अनुसार यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
उनले आज बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा हुन सक्ने बताएका छन्।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहनेछ।
महाशाखाले कोशी र गण्डकी प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा तथा बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरेको छ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-08
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
