काठमाडौं । शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ । अहिले देशभर मतगणना जारी छ । जारी मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदको सबैभन्दा ठूलो दल बन्ने निश्चित जस्तै देखिएको छ । मतगणनाको परिणाम आइरहँदा ९२ सिटमध्ये ९१ स्थानमा रास्वपा अगाडि छ । अधिकांश स्थानमा भारी मतान्तरले अग्रता लिइरहेकाले पनि रास्वपा देशको ठूलो पार्टी बन्नेमा अब शंका छैन ।
यस्तै, पुराना र ठूला दल भनिएका नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा नराम्ररी पछारिएका छन् । साथै, राप्रपा, जसपा, नागरिक उन्मुक्ति पार्टी जस्ता दलहरुले यस पटक राष्ट्रिय पार्टीको अस्तित्व जोगाउन हम्मे हम्मे हुने देखिएको छ ।
शान्तिपूर्ण रुपमा प्रतिनिधिसभा सदस्यको निर्र्वाचन गर्न सफल भएकोमा सुशीला कार्कीको नेतृत्व सरकारले अहिले धन्यवाद पाइरहेको छ । सरकारको ढृड संकल्प र सुरक्षाकर्मीको गतिलो उपस्थितिले पनि निर्वाचन शान्तिपूर्ण तवरमा सम्पन्न भयो भन्नुलाई कुनै दुविधा छैन । ‘यो सरकारले निर्वाचन गर्न सक्छ कि सक्दैन’ भन्ने एक किसिमको शंका र कौतुशलताका बाबजुद शान्तिपूर्ण वातावरण निर्वाचन गर्न सरकार सफल भएको छ ।
निर्वाचन सम्पन्न भएसँगै जेनजी आन्दोलनबाट उत्पन्न राजनीतिक परिस्थितिबाट गठिन सुशीला कार्की नेतृत्वको सरकारले आफ्नो मुख्य जिम्मेवारी पूरा गरेको छ । खाशमा कार्की नेतृत्वको सरकार चनावी अन्तरिम सरकार हो । त्यो जिम्मेवारी पूरा गरेको छ ।
निर्वाचनपछि अब बन्ने सबैभन्दा ठूलो दलको नेतृत्वमा नयाँ सरकार गठन हुनेछ । अब बन्ने नयाँ सरकारले निर्वाचन सम्पन्न गर्न भर्ना गरिएका ‘निर्वाचन प्रहरी’हरुमाथि न्याय दिनुपर्छ । सरकारले निर्वाचन सुरक्षाका लागि एक लाख ४९ हजार ९० जना ‘निर्वाचन प्रहरी’ भर्ना गरेको छ ।
निर्वाचन सम्पन्न भएसँगै उनीहरुलाई विदा दिइनेछ किनकि उनीहरु म्यादी अर्थात निर्वाचन सुरक्षाका लागि मात्र भर्ना गरिएका हुन् । तर, देशमा बेरोजगारी समस्या विद्यमान रहेकाले सरकारले ती म्यादी प्रहरीहरुलाई उनीहरुको दक्षता र क्षमता मूल्याँकन गरेर स्थायी नियुक्ति गरेमा उत्तम हुनेछ । यसरी निर्वाचन प्रहरीहरुलाई नेपाल प्रहरी (जनपद) तथा सशस्त्र प्रहरी बलमा नियुक्त गरिएमा उनीहलाई विदेश पलायनबाट पनि रोक्न सकिन्छ ।
निर्वाचन प्रहरीमा भर्ना भएका धेरैजसो रोजगारीका लागि खाडी मुलुकतिर जान तयारी अवस्थामा रहेका छन् । यदि सरकारले उनीहरुलाई स्थायी नियुक्त गरेको खण्डमा उनीहरु रोजगारीकै लागि विदेश जानु त पर्दैन । देशको विकास र समृद्धिका लागि पनि सरकारले युवालाई विदेश पलायनबाट रोक्नु सक्नुपर्छ । त्यसैले पनि निर्वाचन प्रहरीमा भर्ना भएका जो छन्, उनीहरु शारीरिक रुपमा सक्षम त छन् नै, त्यसबाहेक उनीहरुको सिप, दक्षता र सक्षमताको आधारमा रोजगारी दिएमा सरकारले थप स्याबासी पाउन सक्नेछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-06
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
