- डा. एलिजा श्रेष्ठ, वरिष्ठ, स्त्री क्यान्सर रोग विशेषज्ञ
विश्वव्यापी रुपमा मृत्युको दोस्रो कारण क्यान्सर हो । नेपालमा महिलालाई विशेषगरी स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरले सताएको छ । पाठेघरको मुखको क्यान्सरबाट हरेक दिन औसतमा चार जना महिलाको ज्यान गइरहेको सरकारी तथ्यांक छ ।
पाठेघरको मुखको क्यान्सरको मुख्य कारण हो, ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) असुृरक्षित यौनजन्य क्रियाकलाप गर्ने महिलालाई एचपीभी भाइरस संक्रमणको जोखिम हुन्छ । असुरक्षित यौन सम्पर्क गर्नेहरु कुनै पनि यो भाइरस सर्ने जोखिम उच्च हुन्छ ।
एचपिभी संक्रमण पछि अधिकांशमा कुनै पनि लक्षण नदेखिन पनि सक्छ । एचपीभीको संक्रमण पछि कोषिकाहरुको असामान्य वृद्धि हुन सक्छ । कोषिकाहरुको असामान्य विकास भएपछि पाठेघरको मुखमा क्यान्सर हुन सक्छ । त्यसैले किशोरी अवस्थामा नै एचपीभी भाइरस विरुद्धको खोप लगाउने हो भने भविष्यमा पाठेघरको मुखको क्यान्सर हुनबाट जोगिन सकिन्छ ।
एचपीभी खोप प्रारम्भिक किशोरावस्थामा लगाँउदा बढी प्रभावकारी हुन्छ । यो खोप शतप्रतिशत सुरक्षित र प्रभावकारी देखिएको छ ।
विश्व स्वास्थ्य संगठन (डल्लुएचओ)बाट मान्यताप्राप्त हुनुका साथै औषधि व्यवस्था विभागले स्वीकृत गरेको खोप हो । हाल १ सय ६० मुलुकमा राष्ट्रिय खोप तालिकामा समावेश गरेर एचपीभी खोप दिइन्छ ।
सरकारले माघ २५ देखि फागुन १५ गते सम्म नजिकैको विद्यालय वा स्वास्थ्य संस्थाबाट खोप लगाउन सकिने व्यवस्था गरेको छ । कक्षा ६मा अध्ययनरत सबै छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेर समुहका किशोरीहरुलाई खोपको व्यवस्था छ । गत वर्ष एचपीभी खोप अभियानमा छुटेका किशोरीहरुले पनि यस वर्ष लगाउन सक्ने छन् ।
हाल कक्षा ७ देखि १० कक्षा अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेरका किशोरीहरुलाई पनि खोप दिइन्छ । यो खोप निःशुल्क पाइन्छ । खोप सुरक्षित पनि छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-06
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
