काठमाडौं । १० जिल्ला रहेको कर्णालीका १२ वटा निर्वाचन क्षेत्रमध्ये कालिकोट बाहेक अन्य क्षेत्रमा मतगणना सुरु हुन सकेको छैन । कालिकोटमा बिहानैदेखि सुरु भएको मतगणना अनुसार, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का महेन्द्रबहादुर शाहीले अग्रता लिएका छन् ।
पछिल्लो अपडेट अनुसार, शाहीले २८६५ मत पाएका छन् भने कांग्रेसका हर्ष बहादुर बमले २०८९ र एमालेका नगिन्द्र शाहीले १८९५, माओवादीका खड्ग बहादुर विश्वकर्माले चौथो छन् । यस्तै जुम्लामा भर्खरै मतगणना सुरु भएको छ । अन्य जिल्ला तथा निर्वाचन क्षेत्रहरूमा भने मतगणना सुरु हुन सकेको छैन । दुई वटा निर्वाचन रहेको सुर्खेतमा बिहान १० बजेपछि मात्रै मतगणना हुनेगरि तयारी भइरहेको बताइएको छ ।
यस्तै अन्य पहाडी जिल्लाहरुमा पनि मतगणना सुरु हुन सकेको छैन । कतै सर्वदलीय बैठक बसिरहेका छन् भने कतै मतगणना सुरु हुनै लागेको छ । हिमाली जिल्ला मुगु, डोल्पा र हुम्लामा पनि मतपेटिका संकलन हुँदैछ । त्यहाँ हेलिकप्टरबाट संकलन गर्नुपर्ने हुँदा दिउँसो १ बजेपछि मात्रै मतगणना हुन सक्ने त्यहाँका मुख्य निर्वाचन अधिकृतको कार्यालयहरूले जनाएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-06
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
