उदयपुर , चौदण्डीगढी नगरपालिका–९ भिमाहास्थित मदन भण्डारी लोकमार्ग खण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार चौदण्डीगढी नगरपालिका–९ हँडियाबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०५००२ क १८२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकलमा सवार सोही नगरपालिका–५ का १८ वर्षीय समीर चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।यस दुर्घटनामा सोही स्थानका १८ वर्षीय मौसम चौधरी र २३ वर्षीय अशोक चौधरी घाइते भएका छन्।घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको निरञ्जन थापा (प्रहरी नायब उपरीक्षक) ले जानकारी दिएका छन्।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-05
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
