काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ को मालु मतदान केन्द्रबाट मतपत्रको ठेली लुटेर भागेकामाथि मुद्दा चल्ने भएको छ। बुथ कब्जा गर्नका लगि मतपत्रको ठेली बोकेर हिँडेका नेपाली कांग्रेसका वडा सदस्य यज्ञबहादुर श्रेष्ठ, तामाकोशी गाउँपालिकाका तरुण दल अध्यक्ष अनिल श्रेष्ठ र नेकपाका नेता अर्जुन योगीमाथि मुद्दा चलाउने तयारी भएको हो।
तीन जनामाथि मुद्दा चले पनि नियन्त्रणमा रहेका अन्य चार जनालाई सोधपुछपछि छाड्ने तयारी भएको छ। यद्यपि, कांग्रेस र नेकपाले भने सबैलाई बिनाशर्त छाड्न माग गरेको छ।
यस्तै, स्थगित मतदानका लागि अर्को मिति तोक्नको लागि जिल्ला निर्वाचन कार्यालयमा सिफारिस गर्ने निर्णय मतदान अधिकृतले गरेका छन्। कांग्रेस र नेकपाले बुथ कब्जा गर्न खोजेपछि एमाले र रास्वपाले विरोध जनाएपछि प्रहरीले हवाई फायर समेत गरेको थियो।
सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेले प्रतिनिधि र मतदाता सबै हिँडिसकेकाले अर्को मिति तोकिने बताए । उनले भने, ‘माइकिङ गरेर बोलाउँदा पनि मतदाताहरु आउनुभएन । चुनावको लागि अब अर्को मिति तोक्छौं ।’
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-05
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
