दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४ को मालु मतदान केन्द्रमा रोकिएको मतदान अझै सुरु हुन सकेको छैन । कर्मचारीमाथि हातपातको प्रयासभएपछि प्रहरीले हवाई फायर गरेको थियो । त्यसपछि रोकिएको मतदान सुरु हुन नसकेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेले रोकिएको मतदान सुरु नसकेको र छलफल जारी रहेको जानकारी दिए । ‘बुथ एजेन्टहरूलाई सुरक्षित ठाउँमा राखिएको छ । मतपत्र लुटपाट हुन थालेपछि उहाँहरूलाई सुरक्षित स्थानमा लगिएको हो’ उनले भने ।
बुथमा दलका प्रतिनिधि (एजेन्ट)ले नै मतपत्र लुटेपछि प्रहरीले नियन्त्रणमा लिएको होरु प्रश्नमा उनले थपे, ‘नियन्त्रण होइन । सुरक्षित ठाउँमा राखेका हौँ । दलका केही प्रतिनिधिले मतपत्र लुट्न खोजेपछि समस्या भएको चाहिँ हो ।’
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-05
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
