वीरगञ्ज (पर्सा) – पर्सा जिल्लामा प्रतिनिधिसभा उम्मेदवारसहित चार जनालाई प्रहरीले शंकास्पद वस्तुसहित पक्राउ गरेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले हरपुरबाट बदनिहारतर्फ जाँदै गरेको बा १० च १२५० नम्बरको सवारी साधन जाँच गर्ने क्रममा पहेँलो टेपले बेरिएको टिनको बट्टाभित्र शंकास्पद वस्तु फेला पारेपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा पर्सा निर्वाचन क्षेत्र–२ का प्रतिनिधिसभा उम्मेदवार मनोज कुमार चौधरीसहित साहब आलम अन्सारी (प्रसौनी–४, बारा), सुरज कार्की (धनुषाधाम–४, धनुषा) र सत्यनारायण थारू (पर्सागढी–३) रहेका छन्। पर्सा प्रहरी प्रमुख सुदीप राज पाठकका अनुसार चारै जनामाथि अनुसन्धान जारी छ। यसैबीच, वीरगञ्ज महानगरपालिका–१६ इनरवा गाउँबाट तीन जनालाई पक्राउ गर्दै प्रहरीले ९ वटा सुतली बम, सुँगुरको टाउको र १० मिटर बिजुलीको तार बरामद गरेको जनाएको छ। सूचना अधिकारी हरि बहादुर बस्नेतका अनुसार पक्राउ परेकामाथि विस्फोटक पदार्थ ओसारपसार, सार्वजनिक शान्ति भंग तथा निर्वाचनसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्लाभर सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-04
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
