काठमाडौं । फोटो पत्रकारको संगठन राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)ले सोमबार बस्नतपुरमा होली पर्व मनाएको छ । फागू पूर्णिमा अर्थात होलीको अवसरमा एनएफपीजेले विगतका वर्षहरुमा झैँ यस वर्ष पनि फोटो पत्रकारहरुलाई समेटेर होली उत्सव मनाएको हो ।

सोमबार बसन्तपुरमा होली उत्सव मनाउने युवाको ठूलो जमात रहेको थियो । उक्त जमातसँगै एनएफपीजे पनि होली उत्सव मनाएको हो । वर्षमा एक दिन रमाइलो गरौँ भनेर होली उत्सवको आयोजना गरेको एनएफपीजेका अध्यक्ष प्रदीपराज वन्तले बताए । होलीको रौनक विस्तारै हराउँदै गएकोले नयाँ पुस्ता का लागि भएपनि होली पर्वलाई प्रवद्र्धन गर्न आवश्यक रहेको उनले बताए ।

सोमबार उपत्यकालगायत पहाडी तथा हिमाली जिल्लाहरुमा होली पर्व मनाइएको छ भने तराई मधेशमा आज मंगलबार होली मनाइँदैछ ।


रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-03
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
