काठमाडौँ । मध्यपूर्व र खाडी क्षेत्रमा देखिएको असामान्य परिस्थितिलाई ध्यानमा राख्दै सरकारले ती क्षेत्रका देशमा वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रीस्तरको निर्णयअनुसार आइतबारदेखि साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायल जाने व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका श्रम स्वीकृति अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको हो ।
वैदेशिक रोजगार विभागअन्तर्गत ताहाचलस्थित श्रम स्वीकृति शाखाले सूचना जारी गर्दै यी देशमा रोजगारीका लागि विभाग तथा मातहतका निकायबाट प्रदान गरिने सम्पूर्ण श्रम स्वीकृति अर्को सूचना नआएसम्म रोकिने जानकारी दिएको छ । सरकारले त्यहाँको अवस्थालाई निरन्तर निगरानीमा राखेको पनि जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-02
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
