काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने आम निर्वाचनको पूर्वसन्ध्यामा जारी सम्बोधनमा देश दुई प्रकारका ‘अतिवाद’ को खतरासँग जुधिरहेको बताउँनुभएको छ ।उहाँले सडक र सदन दुवैबाट खबरदारी गर्दा पनि ओली सरकार नसुध्रिएका कारण कुशासनको फल स्वरुप देश अराजकताउन्मुख बनेको बताउँनुभएको छ । एकातर्फ जनताको आक्रोश र निराशालाई भड्काएर अराजकता र अनिश्चिय तर्फ धकेल्ने प्रवृत्ति र अर्कोतर्फ दलाल–विचौलियाको स्वार्थमा अडिएको यथास्थितिवाद देशका लागि खतरा भएको उहाँको भनाइ छ।यी दुबै अतिवादसँग जुधेर देश जोगाउन सक्ने शक्ति वाम आन्दोलन मात्रै भएको उल्लेख गर्दै उहाँले वाम जनमतलाई एकताबद्ध हुन आह्वान गर्नुभएको छ। अहिले वाम आन्दोलन समाप्त पार्ने षड्यन्त्र भइरहेको उल्लेख गर्दै उहाँले त्यसको प्रतिरोधका लागि क्रान्तिकारी कम्युनिस्ट तथा देशभक्त शक्तिहरूको पुनर्गठन आवश्यकता रहेको बताउँनुभयो ।संयोजक प्रचण्डले हाल नेपाली कम्युनिस्ट पार्टीका रूपमा पुनर्गठनको प्रक्रिया अघि बढाइएको र पच्चीसभन्दा बढी कम्युनिस्ट तथा समाजवादी समूहहरू मिलेर नयाँ र देशभक्त शक्ति निर्माण भएको बताउँनुभयो । नेकपा विभाजनबाट एकता, आरोपबाट आत्मसमिक्षा र नाराभन्दा नतिजामुखी राजनीतितर्फ फर्किएको उहाँले बताउँनुभयो। उहाँले नेपाली कम्युनिष्ट पार्टी बाम आन्दोलनको केन्द्र भएको उल्लेख गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) समेत अन्ततः वाम आन्दोलनको केन्द्र नेकपामै मिसिनुपर्ने बताउँनुभयो ।आफू प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरुद्ध कठोर कदम चालेको, प्रशासनिक सुधार गरेको, संविधानको रक्षा तथा संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ बनाउन पहल गरेको उहाँले उल्लेख गर्नुभयो। आफु र आफ्नो पार्टी लोकतन्त्र कमजोर पार्ने वा व्यवस्था उल्ट्याउने प्रयासविरुद्ध सधैं उभिएको उल्लेख गर्दै उहाँले समावेशिता, महिला नेतृत्व, दलित तथा उत्पीडित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न आफूहरूले महत्वपूर्ण भूमिका खेलेको बताउँनुभयो।उहाँले महिला, दलित, आदिवासी जनजाति, थारु, मधेसी, मुस्लिम, कर्णाली र सुदूरपश्चिमलगायत उत्पीडित समुदायलाई अधिकारको रक्षा र व्यवहारिक कार्यान्वयनका लागि मतदान गर्न अपील गर्नुभयो । भ्रष्टाचार अन्त्य, माफिया र बिचौलियाको जालो तोड्ने तथा कानुनभन्दा माथि कोही नहुने व्यवस्था स्थापित गर्ने आफ्नो एजेन्डा रहेको उहाँले बताउँनुभयो।“हिजो क्रान्तिको इतिहास लेख्ने हातहरू आज समृद्धिको अध्याय लेख्न तयार छन्,” भन्दै प्रचण्डले परिवर्तनको निरन्तरता, सामाजिक न्याय र समृद्धिका लागि आफ्नो नेतृत्वलाई समर्थन गर्न आग्रह गर्नुभएको छ ।- नेपाल कम्युनिष्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले फागुन २१ गते हुने आम निर्वाचनको पूर्वसन्ध्यामा मतदातासँग स्थायित्व, सुशासन र समृद्धिका लागि आफ्नो दलको चुनाव चिन्ह ‘तारा’मा मतदान गर्न अपील गर्नुभएको छ ।आज एक भिडियो सन्देश जारी गर्दै उहाँले जनताको मत शासकीय स्वरूप र निर्वाचन प्रणालीमा परिमार्जन गरी देशलाई स्थायित्व र सुशासनतर्फ अघि बढाउन आवश्यक रहेको बताउँनुभएको हो। सन्तुलित र स्वाभिमानी विदेश नीति, रोजगारमुखी तथा उत्पादनमुखी अर्थतन्त्र निर्माण, कृषि र उद्योगबीच समन्वय गरी स्वदेशमै रोजगारी सिर्जना गर्ने लक्ष्यका लागि मत आवश्यक रहेको उहाँले बताउँनुभयो। युवालाई विदेशिन नपर्ने वातावरण, नवप्रवर्तन, प्रविधि र उद्यमशीलता प्रवर्द्धनलाई प्राथमिकतामा राखिने उहाँले उल्लेख उल्लेख गर्नुभएको छ ।संयोजक प्रचण्डले ‘तारा’ चिन्हमा मत सामाजिक न्याय, समान अवसर र धनी–गरिबबीचको खाडल घटाउने संकल्पका लागि भएको बताउँनुभयो। स्वास्थ्य, शिक्षा र आधारभूत सेवामा सबैको समान पहुँच सुनिश्चित गर्ने, डिजिटल सुशासन र पारदर्शिता कायम गर्ने तथा सरकारी सेवा लाइनमा होइन, मोबाइलमार्फत नागरिकसम्म पुर्याउने प्रतिबद्धता भिडियो सन्देशमा उहाँले व्यक्त गर्नुभएको छ ।उहाँले निराशालाई आशामा र आक्रोशलाई निर्माणमा बदल्न आह्वान गर्दै मतलाई सुन्दर भविष्यको आधार बनाउन आग्रह गर्नुभयो । साथै, भदौ २३ र २४ गते घटेका हिंसात्मक घटनालाई अस्वीकार्य भन्दै ती घटनामा संलग्नहरूलाई मतदानमार्फत जनताले दण्ड दिने विश्वास व्यक्त समेत व्यक्त गर्नुएको छ ।अन्त्यमा उहाँले फागुन २१ लाई ऐतिहासिक दिनका रूपमा स्मरणीय बनाउन मतदातालाई आफ्नो पक्षमा उभिन आग्रह गर्नुभएको छ। उहाँले भन्नुभयो -‘जनताले तारा चिन्हमा छाप लगाएर मतपत्रबाटै भन्नेछन्, भदौ २३ गतेको आम हत्या र भदौ २४ को विध्वंश अस्वीकार्य छ।यी दुवै घटनामा संलग्नहरुले मतदानबाट दण्ड पाउनुपर्छ।फागुन २१ मा हामीसँगै इतिहास लेख्नेछौं ।’
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-01
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
