काठमाडौं । बरिष्ठ सौन्दर्यविद एवं व्यवसायिक सुष्मा महराको शब्दमा राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘म नेपाली हुँ, मेरो देश नेपाल’ सार्वजनिक भएको छ । गीतमा जेन्जी आन्दोलनको भावना, राष्ट्रिय पहिचान र समकालीन सामाजिक चेतना समेटिएको छ । उक्त गीतको भिडियोमा सुष्मा महराकै मर्मश्पर्शी अभिनय रहेको छ ।
उक्त शुक्रबार काठमाडौंको सिटी सेन्टरस्थित फुडकोर्टमा एक औपचारिक कार्यक्रमबीच विमोचन गरिएको थियो । कार्यक्रममा जेनजी आन्दोलनका सहिद सन्तोष विश्वकर्माकी श्रीमती अम्बिका विश्वकर्मा, सहिद देवकुमार सुवेदीकी श्रीमती पार्वती अधिकारी र सहिद बुद्धिबहादुर तामाङका बुबा विष्णु बहादुर तामाङलगायतको उपस्थिति रहेको थियो । सार्वजनिक गरिएको उक्त गीतमा संगीतकार पुरुषोत्तम न्यौपानेको संगीत तथा गायक सत्यराज आचार्यको स्वर रहेको छ ।
सर्जकले संगीतमार्फत नेपाली पहिचान, आत्मसम्मान र नयाँ पुस्ताको चेतनालाई अभिव्यक्त गरेका छन् । विशेषगरी जेनजी आन्दोलनले उठाएका सामाजिक एकता, राष्ट्रिय स्वाभिमान र सकारात्मक परिवर्तनका सन्देशलाई सांगीतको माध्यमबाट आम जनसमक्ष पु¥याउने प्रयास गरिएको महराले जानकारी दिइन् ।
गीतमा अभिनयसमेत गरेकी महराले कला र संगीत समाजलाई जोड्ने प्रभावकारी माध्यम भएकाले सकारात्मक सन्देश फैलाउन यस्तो कृति तयार गरिएको बताइन् । कार्यक्रममा उपस्थित अतिथिहरूले ‘म नेपाली’ गीतले समकालीन समाजको भावनालाई कलात्मक रूपमा प्रस्तुत गरेको भन्दै प्रशंसा गरेका थिए । उक्त गीत म्युजिक नेपालको युटुव च्यानलमार्फत हेर्न/सुन्न सकिने छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-01
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
