काठमाडौं । मोडल तथा गायिका रन्जिता लिम्बूले नयाँ गाडी खरिद गरेकी छन् । कार्यक्रमको सिलसिलामा करिब तीन महिना बेलायत बसेर फर्केकी रन्जिताले झण्डै ७० लाख मूल्य बराबरको ओमोडा ब्राण्डको गाडी खरिद गरेकी हुन् । उनले यसअघि चढ्दै आएको पुरानो गाडी बेचेर नयाँ लिएकी हुन् ।
नृत्य हुँदै मोडलिङमा पाइला राखेकी रन्जिता गायिका पनि हुन् । उनले केही नेपाली गीत पनि गाएकी छन् । तर, उनको बढी सक्रियता मोडलिङ र नृत्यमा रहेको छ । रन्जिता भन्छिन्, ‘यो नयाँ गाडी मेरो मिहिनतको प्रतिफल हो ।’

रन्जिताले मोडलिङ गरेका थप्रै म्युजिक भिडियो चर्चित छन् । उनी संख्यात्मक भन्दा पनि गुणात्मक म्युजिक भिडियोमा मोडलिङ गर्न रुचाउँछिन् । उनले केही लिम्बू भाषा गीतको भिडियोमा पनि मोडलिङ गरेकी छन् । साथै उनले ‘बैना’ लगायत केही फिल्ममा पनि अभिनय गरेकी छन् ।

रहर र सौखले कलाकारितामा प्रवेश गरेकी रन्जिता लिम्बू कम्युनिटीको चर्चित कलाकार हुन् । उनी चर्चामा रमाउनुभन्दा काममा व्यस्त हुने बढी रुचाउँछिन् । सपना, संघर्ष र मिहिनतले सफलता हासिल गर्न सकिन्छ भन्ने एक उदाहरण बनेकी छन् रन्जिता लिम्बूू । यसो भनिरहँदा प्रश्न उठ्न सक्ला, के नेपालमा कलाकारिता गरेर गाडी चढ्न सकिन्छ ? यसको जवाफ पनि बनेकी छन्, रन्जिता लिम्बू ।
रन्ज्तिाले तीन महिना बलायत बस्दाखेरी २० भन्दा बढी कार्यक्रममा कला देखाइन् । उनका अनुसार हरेक शनिबार कार्यक्रममा हुन्थ्यो । ती सबै कार्यक्रममा आफूले कला प्रस्तुत गरेको रन्जिताले सुनाइन् । उनले भनिन्, ‘म तीन महिना बेलायत बसेँ, हरेक शनिबार कार्यक्रम हुन्थ्यो । ती कार्यक्रमहरु सांगीतिक मात्र नभएर सम्मान र भेटघाटको पनि हुन्थ्यो ।’ रन्जिताको यो जवाफ कसरी आयो भन्नेमा बुझ्न सहज छ । रन्जिताले कसरी त्यति महँगो गाडी खरिद गर्न सकिन् त ? भन्नेहरुलाई यो रन्जिताको सटिक जवाफ हुन सक्छ । रन्जिता कलाकारका अलावा सामाजसेवा तथा व्यवसायिक पनि हुन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-02-27
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
