काठमाडौं । थिएटर पृष्ठभूमिकी रोश्नीले पहिलो पटक यौनकर्मीको भूमिका निर्वाह गरेकी हुन् । यौनकर्मीहरु गोप्य रहेर आफ्नो पेसामा लाग्छन् । उनीहरु आफ्नो पेसा गोप्य राख्न चहान्छन् । रोश्नीको चिनेका र पहुँचमा भएका कुनै यौनकर्मी थिएनन् ।
तर, पात्र निर्माणका लागि उनीलाई यौनकर्मी नै भेट्न आवश्यक थियो । उनी भन्छन्, ‘यौनकर्मी मैले चिनेको छैन । आफूलाई यौनकर्मी बताउने को नै हुन्छ ? उनीहरुको पेसा नै थाहा हुँदैन । मलाई रिफ्रेन्सक लागि उनीहरुसँग भेट्नु थियो ।’
यौनकर्मीको मानसिकता बुझ्नका लागि उनीहरुसँगको भेट आफूलाई उपयुक्त लागेको उनको तर्क छ ।
रोश्नी भन्छिन्, ‘फिल्म यौनकर्मीको मानसिकताबारे बढी केन्द्रित छ । नेपाली परिवेशका यौनकर्मीको मानसिकता के छ ? भन्नेबारे बुझ्न त मैले उहाँहरुसँग नै भेट्नु आवश्यक थियो नि ।’ निर्माण टिमको सम्पर्कमा रहेका १० यौनकर्मीसँग कुराकानी भएपछि निर्माणमा सहयोग भएको उनले खुलाइन् ।
उनी भन्छिन्, ‘यौनकर्मीहरुसँग मैले कुराकानी गरेँ । तर, उहाँहरु आफ्नो समस्या पीडा र मनोदशा सुनाउनुभयो । पात्र निर्माणमा मलाई सहयोग भयो ।’ यसरी भेटिएका यौनकर्मीहरु कलेज पढ्ने किशोरीदेखि अधवैँशे उमेरसम्म रहेका उनी सुनाउँछिन् ।
उनी भन्छिन्, ‘सबै आर्थिक समस्याले नै यो पेसामा आएको पाएँ । किशोरीदेखि अधवैँश उमेरसम्मका छन् । उनीहरु आफ्नो आर्थिक समस्या टार्नका लागि यो पेसामा आएका छन् ।’
ठूलो संख्यामा रहेका यौनकर्मीको मानसिकता र पीडाको प्रतिनिधित्व गर्न पाएकामा उनलाई सन्तुष्टि मिलेको छ ।
उनी भन्छिन्, ‘कलाकारको रुपमा म उहाँहरुको आवाज बनेकी छु । उहाँहरुका लागि मैले गर्न सक्ने काम गरेँ । कम्तीमा मैले उहाँहरुको मानसिकता र समस्या पर्दामा उतार्ने प्रयास गरेकी छु ।’
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-02-24
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
