काठमाडौँ । अमेरिकाको भर्जिनियामा एक नेपाली मूलका पुरुषले आफ्नै परिवारमाथि घातक आक्रमण गरेका छन् ।
भर्जिनियाको फेयरफ्याक्स काउन्टीको पर्सिमोन ड्राइभस्थित अपार्टमेन्टमा सोमबार बिहान उदयपुरको बेलका नगरपालिका घर भएका ५० वर्षीय छत्रबहादुर थापा (मिलन) ले करिब १० इन्च लामो धारिलो हतियार प्रयोग गरी ५१ वर्षीया पत्नी बिन्दा थापा र ३१ वर्षीया छोरी ममता थापाको हत्या गरेक छन् । घटनामा ३५ वर्षीय ज्वाइँ सन्तोषकुमार बस्नेत पनि गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार स्थानीय समय अनुसार बिहान करिब ५:१५ बजे घरेलु हिंसासम्बन्धी सूचना पाएपछि टोली घटनास्थल पुगेको थियो । प्रहरी पुग्दा थापा बस्नेतमाथि आक्रमण गरिरहेकै अवस्थामा थिए । हतियार छाड्न दिएको निर्देशन नमानेपछि प्रहरीले गोली चलाउदा थापाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
घटनाका बेला घरभित्र रहेका एक वर्षका शिशु भने सकुशल फेला परेका छन् । प्रारम्भिक अनुसन्धानमा परिवारसँग सम्बन्धित कुनै अघिल्लो आपराधिक अभिलेख नदेखिएको बताइएको छ । घटनाको कारणबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-02-24
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
