काठमाडौं । काठमाडौं मेडिकल कलेजले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचार निःशुल्क रूपमा गरिदिने प्रस्ताव गरेको छ ।
पछिल्ला सात हप्तादेखि घुँडाको गम्भीर चोटका कारण मैदान बाहिर रहेकी साम्बाले यसअघि कतारस्थित अस्पेटार अस्पतालमा शल्यक्रिया गराएकी थिइन् । हाल राखिएको ग्राफ्ट र एमसिएलमा पुनः समस्या देखिएपछि फेरि शल्यक्रिया गर्नुपर्ने अवस्था सिर्जना भएको छ । उपचारका लागि करिब ८० हजार अमेरिकी डलर खर्च लाग्ने उल्लेख गर्दै उनले सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरेकी थिइन् ।
यसै सन्दर्भमा काठमाडौं मेडिकल कलेजले राष्ट्रकी गहना मानिएकी साम्बा नेपालमै उपचार गर्न इच्छुक भए सम्पूर्ण उपचार सेवा निःशुल्क रूपमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो । कलेजले आधुनिक उपकरण, दक्ष चिकित्सक र गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको उल्लेख गर्दै राष्ट्रिय खेलाडीप्रति आफ्नो सामाजिक उत्तरदायित्व र कर्तव्यबोध स्पष्ट पारेको छ ।
कलेजका प्रशासन प्रमुख नारायण प्रसाद दाहालले साम्बाको उपचारप्रति संस्था गम्भीर, जिम्मेवार र संवेदनशील रहेको उल्लेख गरेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-02-24
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
