काठमाडौं । विगत आठ वर्षदेखि सञ्चालन हुँदै आएको सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा बढीलाई रोजगार दिँदै आइरहेको यस कम्पनीले दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य बोकेको छ ।
डिजिटल मार्केटिङ, ग्राफिक डिजाइनिङ, होटल म्यानेजमेन्ट, एडमिनिस्ट्रेसन, उद्घोषिका, समाचारवाचिका, कलाकारिता जस्ता थुप्रै पेशामा रोजगार प्रदान गर्दै आइरहेको छ । यस सृजना सूत्रले महापुरुष, आउट ल, विज्ञापन, वाइल्ड फ्लावर, परस्त्री, ११स्५५, गोरखा वारियर, उचाइ जस्ता थुप्रै फिल्महरूमा थिएटरदेखि कलाकारितामा मोह भएका व्यक्तिहरूलाई रोजगार दिँदै आइरहेको छ।
ह्वाइट हर्स एग्रो भिल्ला र सृजनासूत्रको संयुक्त आयोजनामा पाँच दिने घोडा तालिम सञ्चालन हुन लागेको छ । यस तालिमले कलाकारलाई सहयोग पुर्याउने अपेक्षा राखेको सृजनासुत्रले जनाएको छ। पाँच दिने तालिमपछि प्रमाणपत्र प्रदान गर्ने सृजना सूत्रका अध्यक्ष सुभाष श्रेष्ठ प्रधानले बताए । उनका अनुसार सबै उमेरका व्यक्तिले यस तालिममा सहभागिता जनाउन सक्नेछ। यदि तपाईं यस तालिममा सहभागिता जनाउन चाहनुहुन्छ भने यहाँहरूले सृजनासूत्रको मोबाइल नम्बर ९८४१७७७२७४ सम्पर्क गर्न सक्नुहुनेछ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-02-23
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
