काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी कीर्तिपुर नगरपालिकाका पूर्व मेयर रमेश मर्हजन र वडा न्मब्र ६ का पूर्व वडाअध्यक्ष नुच्छे मर्हजन नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।
उनीहरूलाई पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड तथा नेता बामदेव गौतम लगायत नेताहरूले आज पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा संयोजक प्रचण्डले नेपाली कम्युनिष्ट पार्टी धेरै कम्युनिष्ट पार्टीहरु मिलेर बनेको बताउँदै यो एकता सिंगो एमालेसहितको बृहत् एकतामा पुग्ने विश्वास व्यक्त गरे । उनले राष्ट्रवादि शक्तिहरूबीचको सहकार्यले देशको राजनीतिमा सकारात्मक सन्देश जाने धारणा राखे ।
पार्टी प्रवेश गरेका पूर्व मेयर रमेश मर्हजन र पूर्व वडाअध्यक्ष नुच्छे मर्हजनले नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट किर्तिपूर–१० मा तारा चिन्हबाट उम्मेदवार रहेकी रुपा मर्हजनलाई विजयी गराउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाए ।
पूर्व मेयर रमेश मर्हजनले दुई तिहाइको सरकारको नेतृत्व गर्दा पनि जनअपेक्षा अनुसार काम गर्न नसकी हेलिकप्टरमार्फत बाहिरिनु परेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनतासँग पुनः मत माग्ने नैतिक अधिकार नभएको टिप्पणी गरे ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-02-22
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
