काठमाडौं । गायक कृष्ण विक र गायिका समीक्षा अधिकारीको स्वर रहेको होरी बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
सुदुरपश्चिममा चर्चामा रहेको भाकालाई राष्ट्रियकरण गर्नका लागि कृष्ण र उनको टिमले लामो समयदेखिको प्रयासलाई होली गीत होरीका मार्फत देखाउन खोजेका छन् । जसमा महानायक राजेश हमाल, पूर्वमिस नेपाल उषा खड्की, मनोज मर्हजन र बिन्दिया बुढाथोकीसहितको अभिनय देख्न सकिन्छ । भक्तपुरका विभिन्न स्थानमा २ दिन लगाएर छायांकन गरिएको भिडियोले होली पर्वको सांस्कृतिक र परम्परागत महत्वलाई नजिकबाट केलाएको निर्माण युनिटको दाबी छ ।
सुदूरको संस्कृतिलाई विश्वसामु चिनाउने उदेश्यले लामो समयको प्रयासपछि होरी लिएर आएको निर्देशक सरोज खड्का बताउँछन् । भिडियोमा राजेश र उषाका माध्यमबाट सुदूरपश्चिमको कला र संस्कृतिलाई देखाउने काम गरिएको छ । राम अबिरल विष्टको शब्द सृजना रहेको गीतमा दीपक आरजेको संगीत छ ।
पवन सुस्लिगंको छायांकन रहेको गीतको सम्पादन मिलन श्रेष्ठले गरेका हुन् । देउ सिंह ओराको कोरियोग्राफी रहेको होरी गायक स्वयम कृष्ण विकको अफिसियल युट्युब च्यानलबाट बजारमा आएको हो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-02-22
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
