काठमाडौं । आज नेपालमा १०औं निर्वाचन दिवस मनाइदैछ । वि.सं. २०१५ साल फागुन ७ गते सुरु भई २०१६ साल वैशाख २१ गते सम्पन्न भएको पहिलो आमनिर्वाचनको स्मरणमा यो दिवस मनाइँदै आएको हो । उक्त निर्वाचन नेपालमा बालिग मताधिकारका आधारमा सम्पन्न पहिलो ऐतिहासिक निर्वाचन थियो ।
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को मतदान मिति नजिकिँदै गर्दा दिवसको विशेष महत्व रहेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताएका छन् । उनले निर्वाचन आयोगको मूल मन्त्र ‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी एवं मितव्ययी निर्वाचन’ लाई आत्मसात् गर्दै सबै सरोकारवालाको समन्वय र सहकार्यमा शान्तिपूर्ण निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरे ।
उनले लोकतान्त्रिक शासन व्यवस्थालाई सुदृढ बनाउन आवधिक निर्वाचन अनिवार्य प्रक्रिया भएको उल्लेख गर्दै मताधिकार प्रयोगमार्फत नागरिकले शासन प्रणालीलाई पुनर्ताजगी दिने बताए । विश्वसनीय निर्वाचन नै वैध सरकारको आधार भएको उनले स्पष्ट पारे ।
संविधानको व्यवस्था अनुसार निर्वाचन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसद, प्रदेश सभा तथा स्थानीय तहको निर्वाचन सञ्चालन, रेखदेख र नियन्त्रण गर्दै आएको छ । आयोगले सबै दल, उम्मेदवार र मतदातालाई कानूनबमोजिम स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ ।
निर्वाचन दिवसको अवसरमा आयोगले स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका लागि सहयोग गर्न राजनीतिक दल, उम्मेदवार, कर्मचारी, पर्यवेक्षक र आम मतदातासँग हार्दिक अपिल गरेको छ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-02-19
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
