काठमाडौं, चाँगुनारायण, भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजका सात जना अनुसन्धानकर्ताले प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मेलनमा बेस्ट पेपर अवार्ड प्राप्त गरेका छन्। प्रभात कुमार चौधरी, सन्तोष कुमार चौधरी, उज्ज्वल कुमार कर्ण, दिपिका न्यौपाने, राजीव कुमार यादव, दिपेश प्रसाद गुरागाईं र विजय श्रेष्ठलाई सन् २०२६ मा आयोजित अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि तथा फोटोनिक्स सम्मेलन (ट्रयाक ५ः कम्प्युटिङमा हालसालैका प्रवृत्तिहरू) अन्तर्गत उक्त अवार्ड प्रदान गरिएको हो।उनीहरूले “तूर (अरहर) बालीका रोग वर्गीकरणका लागि प्रभावकारी गहिरो सिकाइमा आधारित मोबाइल अनुप्रयोग” शीर्षकमा प्रस्तुत गरेको अनुसन्धानले गहिरो अध्ययन, प्रविधिगत उत्कृष्टता र कृषि क्षेत्रका वास्तविक समस्याको समाधानमा योगदान पुर्याएको भन्दै आयोजकले सम्मान गरेको जनाएको छ।यस अन्तर्राष्ट्रिय मान्यताले कलेजका विद्यार्थी तथा अनुसन्धानकर्ताको उत्कृष्टता उजागर गर्नुका साथै नवप्रवर्तन प्रवर्द्धन, प्रभावकारी अनुसन्धान विकास र विश्वव्यापी वैज्ञानिक प्रगतिमा योगदान दिने कलेजको प्रतिबद्धता झल्काएको छ।कलेजले रिसर्च एण्ड इनोभेसन सेन्टर फर नेपालसँगको सहकार्यमा फेब्रुअरी ११ देखि १४ सम्म Hyatt Centric Kathmandu मा आयोजित आइ ट्रिपल ई अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि तथा फोटोनिक्स सम्मेलन २०२६ सफलतापूर्वक सम्पन्न गरेको थियो।उक्त सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता, प्राज्ञ, उद्योग विशेषज्ञ तथा विद्वानहरू सहभागी भई सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्स क्षेत्रमा भएका पछिल्ला उपलब्धि तथा अनुसन्धानका निष्कर्ष आदान–प्रदान गरेका थिए।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-02-17
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
