काठमाडौं । युवा पुस्ताको ढुकढुकी सर्वाधिक मन पराएकी गायिका प्राश्ना शाक्य, जसको स्वरमा जादु छ । ‘बादल वर्षा बिजुली’ गीतले दर्शक र श्रोताको मनमा चम्किएकी प्राश्नाका थुप्रै सुपरहिट छन् ।
आवाज देउ, गाउँले जीवन जस्ता सुपरहिट गीतमार्फत चम्किएकी गायिका प्राश्नाले आफ्ना फ्यानहरूलाई खुसी बनाउन ‘प्रेम दिवस’ अर्थात भ्यालेनटाइन डेको अवसरमा शनिबार‘ प्रियतम’ बोलको भिडियो सार्वजनिक गरेकी छन् ।
गायिका प्राश्ना शाक्यलाई नेपाली सांगीतिक क्षेत्रकी ‘द नाईटिङल भ्वाइन’ समेत भन्ने गरिन्छ। सानै उमेरदेखि नेपाली गीत संगीतमा रुचि राखिने उनले आफ्नो सांगीतिक कोसेली देश र विदेशमा थुप्रै स्टेज प्रोग्राममा गाइसकेकी छन्।
सार्वजनिक गीतको भिडियोमा मोडल सुदित र श्रीतिकाबीच प्रेम र समर्पण देखाइएको छ । निर्वाण केरुङ्गको शब्द र संगीत, उदयराज पौडेलको संगीत संयोजन किशोर थापाको मास्टर मिक्सिङ रहेको छ। गीतको म्युजिक भिडियो छायांकन तथा सम्पादन र निर्देशन आफै स्वयं लुःजः सिंहले गरेका हुन् । प्रियतम म्युजिक भिडियो गायिका प्राश्ना शाक्यको युट्युब च्यानलमा हेर्न सकिन्छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-02-14
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
