काठमाडौँ । नेपालले इटालीसँग लज्जास्पद हार बेहोरेको छ । आइसीसी टी-२० विश्वकप अन्तर्गत समुह सी को खेलमा इटालीले नेपाललाई १० विकेटले पराजित गरेको हो ।
नेपालले दिएको १२४ रनको लक्ष्य पछाएको इटालीले १२.३ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो । इटालीका ओपनर दाजुभाई जस्टिन मोस्का र एन्थोनी मोस्काले शानदार ब्याटिंग गरेका थिए । जस्टिनले ६० रन बनाए भने एन्थोनीले ६२ रन बनाएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले १९.३ ओभरमा अल आउट हुदै १२३ रन मात्र बनाएको थियो । नेपालका लागि आरिफ सेखले २७, कप्तान रोहित पौडेलले २३ रन बनाएका थिए । त्यस्तै आसिफ सेखले २० र दिपेन्द्र सिंह ऐरीले १७ रन बनाएका थिए । त्यसैगरी करण केसीले अविजित १८ रन बनाएका थिए ।
त्यस्तै इटालीका बलर क्रिशान कालुगामाजले ३ र बेन मानेनटीले २ विकेट लिएका थिए । त्यस्तै जेजे स्मुटस, जसप्रित सिंह र अलि हसनले एक एक विकेट लिएका थिए ।
यो हारपछि नेपालको सुपर ८ मा पुग्ने सम्भावना कठिन बनेको छ । अब नेपालले अर्को खेल आइतबार वेस्ट इण्डिज सँग खेल्ने छ भने फेब्रुअरी १७ मा स्कटल्याण्डसंग खेल्ने छ ।
त्यस्तै इटालीले भने पहिलो पटक विश्वकप खेल्दै नेपालविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । पहिलो खेल स्कटल्याण्डसँग हारेको इटालीले यो खेल जितेर २ महत्वपूर्ण अंक हासिल गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-02-12
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
