काठमाडौँ । अजय देवगन अभिनीत बलिवुडको बहुप्रतीक्षित फिल्म दृश्यम- ३ को कलाकार टोलीमा अभिनेता प्रकाश राज आबद्ध भएका छन् । उनले हिन्दी संस्करणको दृश्यम- ३ को छायांकन सुरु गरेको जानकारी दिएका हुन् ।
उनले सो जानकारी दिदै ‘दृश्यम’लाई एक ‘रोचक फ्रेन्चाइज’ उल्लेख गर्दै उत्कृष्ट टिम र दमदार भूमिकासँग जोडिन पाउँदा खुशी लागेको बताएका छन् । साथै उनले आफूले कसैलाई प्रतिस्थापन नगरेको स्पष्ट पारेका छन् । पछिल्ला दिनमा ‘दृश्यम २’मा देखिएका अक्षय खन्ना तेस्रो भागबाट बाहिरिएको खबर सार्वजनिक भएपछि फिल्म चर्चामा थियो ।
‘दृश्यम ३’ मा प्रकाश राजका लागि विशेष नयाँ पात्र सिर्जना गरिएको छ । फिल्मको निर्देशन अभिषेक पाठकले गर्दैछन्, जसले दृश्यम २ पनि निर्देशन गरेका थिए ।
फिल्ममा अजय देवगन पुनः विजय सालगांवकरको भूमिकामा देखिनेछन् । कलाकार टोलीमा तब्बू, श्रिया सरन, रजत कपूर, इशिता दत्ता र मृणाल जाधव पनि रहेका छन् । फिल्मको कथा तथा पटकथा अभिषेक पाठक, अमिल कियान खान र परवेज शेखले तयार पारेका हुन् ।
‘दृश्यम ३’ आगामी २ अक्टोबर २०२६ मा प्रदर्शन हुने तय भएको छ । उक्त मिति फ्यानहरूले ‘दृश्यम डे’का रूपमा स्मरण गर्ने गरेका छन् । यसैबीच, मोहनलाल अभिनीत मलयालम संस्करण ‘दृश्यम ३’ भने २ अप्रिलमा रिलिज हुने अपेक्षा गरिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-02-12
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
