काठमाडौँ । जारी टी-२० विश्वकपमा आज तीन खेल हुदैछ ।
आज पहिलो खेल समुह डी अन्तर्गत अफगानिस्तान र दक्षिण अफ्रिकाबीच हुदैछ । भारतको अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार विहान ११: १५ बजेदेखि शुरु हुदैछ । अफगानिस्तानले पहिलो खेलमा न्यूजील्याण्डसँग हार बेहोरेको थियो भने दक्षिण अफ्रीकाले पहिलो खेलमा क्यानडालाई पराजित गरेको छ ।
त्यस्तै आज दोस्रो खेल समुह बी अन्तर्गत अस्ट्रेलिया र आयरल्याण्डबीच हुदैछ । श्रीलंकाको कोलम्बोमा हुने यो खेल नेपाली समय अनुसार दिउसो ३: १५ बजेदेखि शुरु हुदैछ । जारी विश्वकपमा अस्ट्रेलियाको यो पहिलो खेल हो भने आयरल्याण्डले पहिलो खेलमा श्रीलंकासँग हार बेहोरेको छ ।
त्यसैगरी आज तेस्रो खेल समुह सी अन्तर्गत इङल्याण्ड र वेस्ट इण्डिजबीच खेल हुदैछ । भारतको मुम्बईस्थित वानखेडेमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुदैछ । जारी विश्वकपमा इङल्याण्डले नेपाललाई पराजित गरेको छ भने वेस्ट इण्डिजले स्कटल्याण्डलाई पराजित गरेको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-02-11
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
