काठमाडौं । चलचित्र ‘फ्रेन्च किस’मा सुपरस्टार अभिनेत्री रेखा थापा आबद्ध भएकी छन् । छायाकंनरत चलचित्रको निर्माणपक्षले अभिनेत्री रेखालाई ‘फ्रेन्च किस’मा अनुबन्ध गरेको हो । यो चलचित्रको केही दिनदेखि चितवनका विभिन्न स्थानमा छायांकन भइरहेको छ ।
नयाँ पुस्ताको लभ स्टोरी ‘फ्रेन्च किस’मा रेखालाई अनुबन्ध गरेको जानकारी दिँदै कार्यकारी निर्माता सौगात बस्नेतले उनको इन्ट्रीसँगै चलचित्र थप सशक्त, आकर्षक र प्रतिक्षित बन्ने विश्वास व्यक्त गरे ।
कार्यकारी निर्माता बस्नेतले रेखाको अनुभव र स्टारडमले चलचित्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत विशेष चर्चा दिलाउने अपेक्षा रहेको बताए । निर्माण टिमले ‘फ्रेन्च किस’लाई नयाँ पुस्ताको स्वाद अनुसार बनाउने भन्दै दर्शकले आधुनिक प्रेमकथा हेर्न पाउने जाकारी दिएको छ ।
ए.टी.एफ. प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्रलाई अभिनेता समेत रहेका अर्पण थापाले निर्देशन गर्दैछन् । चलचित्रमा अर्पण स्वयं र चलचित्र ‘शाम्बाला’ फेम्ड अभिनेत्री थिन्ले ल्हामो मुख्य भूमिकामा छिन् । चलचित्रको मुख्य भूमिकामा अभिनेत्री गौरी मल्ल पनि रहेकी छिन् । चलचित्रको कार्यकारी निर्मातामा सौगात बस्नेत र सह–निर्मातामा सुभाष बी. शाही छन् । सुदीप बरालको सिनेमेटोग्राफी रहने चलचित्रमा संगीत चर्चित गायक तथा संगीतकार दीपक बज्राचार्यको रहनेछ ।
रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले पब्लिसिटी डिजाइनको जिम्मा लिएको यो चलचित्र सन् २०२६ भित्रमा प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-02-11
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
