काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक मधेश प्रदेशको सप्तरी क्षेत्र नम्बर ३ पनि चर्चामा रहेको छ । यस क्षेत्रमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार रहेका कारण यो क्षेत्र चर्चामा रहेको छ ।
सप्तरीको क्षेत्र नम्बर ३ मा रुपनी गाउँपालिका, विष्णुपुर गाउँपालिका, राजगढ गाउँपालिका, शम्भुनाथ नगरपालिका र डाक्नेश्वरी नगरपालिका समावेश रहेका छन् ।
निर्वाचन आयोगका अनुसार सप्तरी-३ मा मतदान गर्न सक्ने कुल मतदाताको संख्या एक लाख ११ हजार ८७१ जना रहेका छन् । यस क्षेत्रमा यस निर्वाचनमा १४४ मतदान केन्द्र तोकिएको छ ।
पछिल्लो निर्वाचन- २०७९
२०७९ को निर्वाचनमा यस क्षेत्रबाट नेपाली काँग्रेसका दिनेश कुमार यादव विजयी भएका थिए । उनले २६ हजार १६६ मत प्राप्त गरेका थिए । त्यस्तै दोस्रो स्थानमा रेका एमालेका ताराकान्त चौधरीले २२ हजार ३०० मत प्राप्त गरेका थिए । त्यस्तै जनमतका अनिश अन्सारीले १५ हजार ११४ मत पाएका थिए ।
त्यस्तै २०७९ मा समानुपातिकतर्फ भने जनमत पार्टीले यस क्षेत्रबाट १८ हजार ३४० मत प्राप्त गरेको थियो । त्यस्तै नेपाली काँग्रेसले १८ हजार २४९ मत पाएको थियो । त्यस्तै गरि जसपा नेपालले १० हजार १५३ मत पाएको थियो भने एमालेले ९ हजार ५९४ मत प्राप्त गरेको थियो ।
उम्मेदवार- २०८२
यस निर्वाचन क्षेत्रबाट राजनीतिक दल र स्वतन्त्र गरेर २२ उम्मेदवार चुनावी मैदानमा रहेका छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव यस पटक सप्तरी-३ मा उम्मेदवार बनेका छन् । यादव २०७९ को निर्वाचनमा सप्तरी-२ मा जनमतका सिके राउतसँग पराजित भएका थिए । त्यसपछि यादव २०८० मा भएको उपनिर्वाचनमा बारा-२ बाट उम्मेदवार बन्दै जित हासिल गर्दै प्रतिनिधि सभामा पुगेका थिए ।
त्यस्तै यस क्षेत्रबाट काँग्रेसबाट दिनेश कुमार यादव फेरी उम्मेदवार बनेका छन् भने एमालेबाट पनि ताराकान्त चौधरी दोहोरिएका छन् । त्यस्तै यस क्षेत्रमा नेकपाबाट अरुण कुमार शाह, रास्वपाबाट अमर कान्त चौधरी र जनमतबाट सुरेन्द्र [प्रसाद शर्मा उम्मेदवार बनेका छन् ।
निष्कर्ष:
अघिल्लो निर्वाचनमा माओवादी, काँग्रेस र जसपा नेपालको गठबन्धन भएकाले काँग्रेसले यस क्षेत्रमा सहज जित हासिल गरेको थियो । तर यस पटक सबै दलबाट उम्मेदवार रहेकाले सबैलाई मत बाडिने देखिएको छ । २०७९ को समानुपातिक मतलाई आधार मान्दा जनमत र काँग्रेसको मत लगभग बराबर रहेको छ ।
उपेन्द्र यादवको व्यक्तिगत प्रभाव बढी रहेकाले उनको यस क्षेत्रमा उम्मेदवारी पछि जसपाको मत बढ्ने त हुन्छ नै तर बलियो अवस्थामा रहेका जनमत र काँग्रेससँगको चुनौतीको सामना भने गर्नुपर्ने नै देखिन्छ । काँग्रेस सभापति गगन थापा मधेशमा उम्मेदवार बनेपछि पर्ने प्रभाव र देशभर देखिएको रास्वपाको प्रभावको सामना यादवले कसरी गर्छन भन्ने हेर्न बाँकी छ ।
यसरी हेर्दा यस क्षेत्रमा जसपा नेपाल, काँग्रेस र र जनमतबीच प्रतिष्पर्धा हुने देखिएको छ । रास्वपाको पक्षमा यस क्षेत्रमा मतदाता खुल्नेक्रममा नै रहेकाले उनीहरुको मत कति हुन्छ, उनीहरु प्रतिष्पर्धामा वा जित्ने अवस्थामा आउछन् या आउदैनन अहिले नै भन्ने अवस्था रहेको छैन ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-02-10
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
