दमौली (तनहुँ), तनहुँ जिल्लामा पाठेघरको मुखको क्यान्सर रोगविरुद्ध एचपिभी खोप अभियान सञ्चालनका लागि १४९ स्वास्थ्यकर्मी परिचालन गरिने भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख अमर दवाडीका अनुसार जिल्लाका दश स्थानीय तहमा स्वास्थ्यकर्मी परिचालन गरी अभियान सञ्चालन हुनेछ।माघ २९ र फागुन १ गते व्यास नगरपालिका, भिमाद नगरपालिका, बन्दीपुर गाउँपालिका र देवघाट गाउँपालिकामा खोप कार्यक्रम सञ्चालन हुनेछ भने फागुन ४ र ५ गते भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका, म्याग्दे गाउँपालिका र आँबुखैरेनी गाउँपालिकामा खोप लगाइनेछ।
दुई हजार ६२५ जना किशोरीलाई खोप लगाइने दवाडीले जानकारी दिनुभयो। लक्षित समूहमा हाल कक्षा ६ मा अध्ययनरत छात्रा, गत आर्थिक वर्षमा छुटेका कक्षा ७–१० का छात्रा, विद्यालय नजाने १०–१४ वर्ष उमेरका किशोरीहरू समावेश छन्।गत वर्ष जिल्लाका १४ हजार १३५ किशोरीलाई खोप लगाइएको थियो।
व्यास नगरपालिकामा ७७६, भानु नगरपालिकामा २४४, शुक्लागण्डकी नगरपालिकामा ४६३, भिमाद नगरपालिकामा २५८, म्याग्दे गाउँपालिकामा १३६, घिरिङ गाउँपालिकामा १०२, ऋषिङ गाउँपालिकामा ११७, देवघाट गाउँपालिकामा ११८, बन्दीपुर गाउँपालिकामा १६६ र आँबुखैरेनी गाउँपालिकामा २४५ किशोरीलाई खोप लगाइने जानकारी छ।स्वास्थ्यकर्मीहरूले बताउँछन् कि पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप किशोरावस्थामै लगाउँदा बढी प्रभावकारी हुन्छ।
नेपालमा हरेक वर्ष दुई हजार १६९ महिलामा पाठेघरको मुखको क्यान्सर देखिन्छ भने १ हजार ३१३ महिलाको मृत्यु यसबाट हुने अनुमान छ। पाठेघरको मुखको क्यान्सर महिलामा हुने क्यान्सरको दोस्रो मुख्य कारण र मृत्यु हुने प्रमुख कारणको रूपमा रहेको छ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-02-09
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
