काठमाडौं । गायक थुमन शर्मा तथा गायिका मिनु गैरेको सुमधुर आवाजमा सजिएको ‘मायाको असर’ बोल गीतको भिडियो सार्वजनिक भएको छ। काठमाडौंको बानेश्वरस्थित लफ्ट लाउन्जमा आयोजित एक कार्यक्रमबीच कलाकार तथा पत्रकारहरूको उपस्थितिमा केक काट्दै गीतको भिडियो सार्वजनिक गरिएको हो।
आउँदै गरेको भ्यालेन्टाइन डे लक्षित गरी भ्यालेन्टाइन सप्ताहको अवसरमा उक्त गीत थुमन शर्मा युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा चर्चित सेक्साफोनिस्ट तथा संगीतकार शिवराज गौतमको शब्द तथा संगीत रहेको छ भने संगीत संयोजन रुबिन मगरले गरेका छन् । त्यस्तै, मिक्सिङ तथा मास्टरिङ किशोर थापाको रहेको छ।
थुप्रै म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक प्रकाश धितालको निर्देशनमा तयार भएको भिडियोमा प्रविन डीसी र अनिता गिरीको मुख्य अभिनय देख्न सकिन्छ। भिडियो व्यवस्थापन सुनिल दवाडीले गरेका छन् भने छायांकन सुबिन गोदार, सम्पादन राकेश दाहाल र मेकअप सीमा मगरको रहेको छ।
भिडियोमा प्रविन डीसी र अनिता गिरीको मुख्य अभिनय देख्न सकिन्छ। भिडियो व्यवस्थापन सुनिल दवाडीले गरेका छन् भने छायांकन सुबिन गोदार, सम्पादन राकेश दाहाल र मेकअप सीमा मगरको रहेको छ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-02-08
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
