बैतडी, बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन्। पुर्चौडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढगाउँ मोडमा बस दुर्घटनामा परेको हो।सुप प्र ०२–००१ ख १११९ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी दीपक कुमार रायले जानकारी दिए।दुर्घटनामा मृत्यु हुनेहरूमा बझाङको बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशव राज जोशी, १३ वर्षीय अशोक राज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी, ४२ वर्षीय नरेश राज जोशी रहेका छन्। त्यस्तै, बझाङकै केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी गाउँपालिका–७ का ४० वर्षीय बसन्त राज रतला तथा बैतडीको पुर्चौडी नगरपालिका–७ की पुष्पा अवस्थीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।दुर्घटनामा घाइते भएका ४५ जनाको उद्धार कार्य जारी रहेको र उनीहरूलाई उपचारका लागि नजिकका स्वास्थ्य संस्थामा पठाइएको प्रहरीले जनाएको छ।बस बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किंदै गर्दा दुर्घटनामा परेको बताइएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-02-05
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
