काठमाडौँ । फागुन १ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म कल्लीको प्रदर्सन स्थगित भएको छ । निर्माण पक्षले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका कारण फिल्मको प्रदर्शन स्थगित गरेको हो ।
चुनावका कारण फिल्मको प्रचारदेखि प्रदर्शनसम्म प्रभावित हुने भएकाले फिल्मको निर्माता कम्पनी लेकाली इन्टरटेन्मेन्ट प्रालिले हाल सबैको प्राथमिकता चुनाव भएकाले त्यसको सम्मान गर्दै फिल्मको प्रदर्शन स्थगित गर्ने निर्णय गरिएको जानकारी दिएको छ । अब मुलुकमा नयाँ सरकारको गठन र निर्वाचनपछिको सहज वातावरण बनेलगत्तै नयाँ प्रदर्शन मिति घोषणा गरिने विज्ञप्तिमा उल्लेख छ ।
लक्ष्मण सुनारको निर्देशनमा बनेको यस फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, उत्तम प्रधान, अर्पण थापा, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, परिक्षा लिम्बू, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी लगायतको अभिनय रहेको छ । फिल्मको एक गीतमा पूजा शर्माको आइटम नृत्य रहेको छ ।
लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्ममा निर्देशक सुनारको कथा, महेश दवाडीको पटकथा तथा संवाद छ भने एनवी महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-01-30
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
