काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा काठमाडौँ महोत्सव एवं काठमाडौँ बिजनेस एक्स्पो सुरु भएको छ । स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यापार, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवद्र्धन गर्ने उदेश्यका आयोजना गरिएको महोत्सव माघ १७ गतेसम्म चल्नेछ ।
महोत्सवको काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले उद्घाटन गरिन्। सो क्रममा डंगोलले महिला, युवा लगायतको सशक्तिकरणका लागि आर्थिक रुपमा आत्मनिर्भर हुनुपर्ने बताइन् ।
आर्थिक रुपमा आत्मनिर्भरका साथै आफूसँग भएका सीपलाई आयआर्जनसँग जोड्नका लागि मेला महोत्सव महत्वपूर्ण हुने उनले बताइन् । उनले काठमाडौं महानगरले पनि एक वडा एक नमूना उद्यमशील कार्यक्रम आयोजना गरिरहेको र गृहिणीहरुलाई सीप सिकाउने काम भइरहेको जानकारी दिइन् ।
महोत्सवमा करिब दुईसय भन्दा बढी व्यावसायिक स्टलहरू रहेका छन् भने घरेलु तथा साना उद्योग, स्टार्टअप र नयाँ उद्यमीहरूलाई बजार पहुँच, व्यावसायिक नेटवर्किङ तथा व्यवसायिक दृश्यता प्रदान समेत गरिने नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले बताए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-01-29
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
