काठमाडौं । नेपाल वायुसेवा निगममा कार्यकारी संचालक अमृतमान श्रेष्ठ नियुक्त भएसँगै निर्वाध रुपमा कामहरु भइरहेको छ । निगममा श्रेष्ठ कार्यकारी सञ्चालकमा नियुक्ति भएपछि कतिपय लामो समयदेखि रोकिएका कामहरु समेत धमाधम भइरहेका छन् । संस्थामा सक्षम नेतृत्व भएपछि कसरी काम हुन्छ भन्ने यो एउटा उदाहरण हो ।
-निगमको न्यारोबडी ए३२० का जहाज मर्मतको क्रममा विविध कारण लामो समयदेखि इजरायलस्थित Israel Aerospace Industry (IAI) मा रहेको थियो । जहाज इन्जिन मर्मत् तथा भाडा खर्चसम्बन्धी विषयमा निगम र इजरायलस्थित आइएआई (IAI) बिच वार्ताको माध्यमबाट समझदारी (MOU) सम्पन्न गरी आफ्नो इन्जिन मर्मत गरी निगमलाई विगत डेढ वर्षदेखि भाडाको इन्जिन वापत भैरहेको नोक्सानीलाई बचाएको छ । हाल निगमको चारवटै जहाज नियमित उडानमा आई आफ्नो साख बचाई आम्दानीमा नियमितता आएको छ ।
-जहाज पुनः भाडामा लिने अवस्था नआओस भनी वर्तमान कार्यकारी सञ्चालकबाट निगमको वाइडबडी जहाजको इन्जिन नियमित मर्मतका लागि गृहकार्य भइरहेको छ । सार्वजनिक खरिद ऐन, विधि, प्रक्रिया तथा अन्तर्राष्ट्रिय मापदण्डसमेत पूरा गरी निगमको वाइडबडी जहाजको इन्जिन नियमित Repair/overhaul गर्नु पर्ने MRO छनौट गर्ने सम्बन्धी बोलपत्र तयार गर्न सात सदस्यीय एक उपसमिति गठन गरि कार्य अगाडि बढाइएको छ । साथै जहाजको अत्यावश्यक पार्ट पुर्जाहरु जगेडा राख्नको लागि पनि व्यवस्थापनलाई पहल गरिएको छ ।
-वर्तमान कार्यकारी सञ्चालक आएपछि ऋण भुक्तानीलाई निरन्तरता दिँदै निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरिएका दुई वटा न्यारोबडी र दुई वाइडबडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये २०८२ को पुस मसान्तमा करिव ५४ करोड रकम भुक्तानी गरेको छ ।
-वर्तमान कार्यकारी सञ्चालकको पहलमा निगमले आफ्नो दीर्घकालीन ऋण व्यवस्थापनका विषयमा दुवै पक्षबिच लामो समयदेखिको संवादहिनतालाई तोड्दै निगमले ब्याज मिनाहा वा छुटका विषयमा सम्भावित विकल्पहरु यकिन गर्ने तथा ऋण तिर्ने तालिका पुनःसमायोजन गर्न र ऋणको आकार बढ्दै गएको अवस्थालाई व्यवस्थापनका लागि स्पष्ट योजना तयार गर्न दुवै पक्षबिच छलफल शुरु भएको हो ।
-नागरिक लगानी कोष र सञ्चय कोषले दिएको ऋण मिनाहा गर्ने अथवा ब्याज मिनाहा गर्ने र, यस्तो अवस्था नरहेको खण्डमा निगमले नेपाल राष्ट्र बैंक वा नेपाली सेनासँग सहुलियत ब्याजमा ऋण उपलब्ध गराउने सन्दर्भमा छलफल गर्न उचित देखिन्छ ।
-वर्तमान कार्यकारी सञ्चालकले निगममा दुई दशक भन्दा बढी सेवा गरी अवकाश प्राप्त गरेका हुन, उहाँको पर्यटन क्षेत्रमा गरेको योगदानको कदर गर्दै पुनः निगमको संचालक समितिमा नियुक्ति पाएका हुन र हाल वर्तमान सरकारबाट उहाँँलाई कार्यकारी सञ्चालकमा नियुक्ती दिएका हुन । विगतका कार्यकारीबाट नभएका र पन्छिएका कार्यहरु उनी आएपछि नै सुुरु गरिएका छन्, जसबाट निगमले ऋण भुक्तानीका साथसाथै निगमको चारवटै जहाज सञ्चालनमा ल्याई निगमको साख र दाम बढाउने कार्य सुचारु गरिएको छ । हाल निगमका कर्मचारीहरुको साथ र सहयोग पाएकोले पनि कार्यकारी सञ्चालक श्रेष्ठलाई काम गर्नु सजिलो भएको हो ।
यसैले निगमको निरन्तर हित चिताई इमान्दारितापूर्वक निगम अगाडि बढाउने कार्यरत वर्तमान अनुभवी कार्यकारी सञ्चालकलाई नै अबको ४ वर्षसम्म नियुक्ती दिनु उचित देखिन्छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-01-28
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
