काठमाडौं । लग्जरी इभेन्ट एण्ड इन्टरटेनमेन्टको आयोजनामा ‘एक्टिङ आइडल’ सिजन हुने भएको छ । केही वर्षयता यस संस्थाले नवप्रतिभाहरूलाई मञ्च दिँदै आइरहेको हो ।
‘मिसेस तिज’, ‘अनलाइन दशैं–तिहार नृत्य प्रतियोगिता’को सफलतापछि यस संस्थाले अब ‘एक्टिङ आइडल’ आयोजना गर्न लागेको लग्जरी इभेन्ट एण्ड इन्टरटेन्मेन्टका संस्थापक पूजा रेग्मी महन्तले बताइन् । उनले भनिन्, ‘हाम्रो संस्थाको मूल उद्देश्य भनेको व्यक्तिमा लुकेको प्रतिभाहरूलाई उजागर गर्ने हो । र सही मार्गदर्शन दिएर समाज र देशलाई सृजनशील व्यक्तिहरू उत्पादन गर्नु हो। यसले देशको कला, संस्कृति, भाषालाई संरक्षण गर्ने टेवा पनि दिनेछ ।’
एक्टिङ आइडल सिजन–१ को अडिसन यही ही बुधबार दिउँसो १ बजे सर्वनाम थ्रेटर कालिकास्थानमा हुँदैछ । यस प्रतियोगितामा हरेक उमेरका समूहले भाग लिन सक्ने आयोजकले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-01-27
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
