काठमाडौं । आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यस अन्तर्गत नेपालले आज समुह चरणको अन्तिम खेल स्कटल्याण्डविरुद्ध खेल्दैछ । टियु क्रिकेट मैदानमा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुने छ ।
समुह बी मा रहेको नेपालले यसअघि खेलेका ३ खेलमा २ अंकसहित समुहमा चौथो स्थानमा रहेको छ । नेपालले आज स्कटल्याण्डलाई पराजित गर्नुपर्ने दबाबमा रहेको छ । सुपर सिक्समा स्थान बनाउन नेपालका लागि यो खेल जित्नै पर्ने अवस्था रहेको छ । त्यस्तै यसअघि २ खेलमा जित हासिल गरेको स्कटल्याण्ड राम्रो रनरेटसहित दोस्रो स्थानमा रहेको छ र जितले उसलाई सुपर सिक्समा पुर्याउने छ ।
त्यस्तै आजै समुह चरणका अन्य अन्तिम खेलहरुमा समुह बि को नेदरल्याण्डस र थाइल्याण्ड दिउसो १ बजे खेल्दै छन् । त्यस्तै बिहान ९ बजेदेखि समुह ए का अमेरिका र पीएनजी खेल्दैछन् भने दिउसो १ बजेदेखि नामिबिया र आयरल्याण्ड खेल्दैछन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-01-26
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
