काठमाडौं । चर्चित म्हेन्दोमाया गायिका रमला पाख्रिन तामाङ यतिखेर निक्कै व्यस्त छिन् । ‘म्हेन्दोमाया साम्राज्ञी’को उपमा पाएकी । रमला विशेषगरी अहिले देश–विदेशको कार्यक्रमहरुमा व्यस्त भएकी हुन् ।
तामाङ समुदायको नयाँ वर्ष सोनम ल्होसारको अवसरमा हुने कार्यक्रमहरुमा रमिलालाई निम्तोको ओइरो लागेको छ । जसका कारण उनी अहिले नेपालदेखि युएई हुँदै युरोपसम्म कार्यक्रम भ्याउने चटारोमा छिन् । ‘अहिले निक्कै ब्यस्त छु’ सयौँ म्हेन्दोमाया गीतकी गायिका रमलाले छोटो प्रतिक्रिया दिँदै भनिन्, ‘सोनम ल्होसारको अवसरमा देश विदेशमा हुने कार्यक्रमहरुमा निम्तो आएको छ । सकेसम्म भ्याउने प्रयासमा छु ।’

सोनाम ल्होछार तामाङ समुदायको नयाँ वर्ष मात्र नभई धर्म, संस्कार, प्रकृति र पूर्वजप्रतिको सम्मान झल्किने पर्व पनि हो । यस अवसरमा लामा गुरुहरूको आशीर्वचन, पूजापाठ, सामूहिक प्रार्थना, परम्परागत भेषभूषा, सांस्कृतिक नृत्य तथा मौलिक गीत–संगीतमार्फत समुदायको पहिचान उजागर गरिन्छ ।
यसै अवसरमा तामाङ समाज युएईले युएईका दुई प्रमुख शहर अबुधाबी र दुबईमा भव्य धार्मिक, सांस्कृतिक तथा सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको जानकारी कार्यक्रम संयोजक नविन दोङ तामाङले दिए ।
अबुधाबीमा २४ जनवरी २०२६ का दिन सुडानी सोसल सेन्टर, अलफलाह मा आयोजना गरिनेछ। कार्यक्रम दिउँसो १ बजे सुरु हुनेछ । भने अर्को कार्यक्रममा २५ जनवरीमा क्लव एसके बर दुबईमा दिउँसो १ बजे हुँदैछ ।
यस कार्यक्रममा चर्चित तथा बरिष्ठ म्हेन्दोमाया गायिका रमला पाख्रिनका आलाव गायक बैरागी मोक्तान, सेलो गायक प्रतीक मोक्तान लगायत युएईमा स्थापित तामाङ कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
तामाङ समाज युएईले युएईमा रहेका सम्पूर्ण तामाङ समुदाय, नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई परिवारसहित उपस्थित भई धर्म, संस्कृति र पहिचानको यो साझा उत्सवलाई सफल बनाउन आग्रह गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-01-25
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
