काठमाडौं । ‘मिसेस नेपाल इन्टरनेशनल २०२५’ सञ्जु भट्ट अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वल्र्ड २०२६ मा सहभागिता जनाउन बिहीबार संयुक्त राज्य अमेरिकाको लस भेगासतर्फ प्रस्थान गरेकी छन्।
सञ्जु रिबन इन्टरटेनमेन्टद्वारा केही अघि राजधानीमा सम्पन्न मिसेस नेपाल वल्र्ड प्रतियोगितामा मिसेस नेपाल इन्टरनेशनल २०२५ भएकी थिइन्।
मिसेस वल्र्ड २०२६ प्रतियोगिता आगामी जनवरी २२ देखि ३० तारिकसम्म लस भेगास, अमेरिकामा आयोजना हुँदैछ। नेपालबाट अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न लागेकी भट्टलाई रिबन इन्टरटेनमेन्ट प्रालिले त्रिभुवन अन्तराष्ट्रिय विमानास्थलमा विदाई सम्मानका साथ बिदाइ गरेको छ। विदाई समारोहमा रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झा र प्रतियोगिताका कोरियोग्राफर एवं राष्ट्रिय निर्देशक अश्विनीकान्त झाले विदाई गर्दै सफलताको शुभकामना व्यक्त गरेका छन्।
उक्त अवसरमा अध्यक्ष निशुकान्त झाले सञ्जु भट्टको अनुशासन, समर्पण तथा आत्मविश्वासले मिसेस वल्र्ड २०२६ को अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई सशक्त रूपमा प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गरे। राष्ट्रिय निर्देशक अश्विनीकान्त झाले भट्टको तयारी, प्रस्तुति तथा व्यावसायिक क्षमताले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गरे।
सञ्जु भट्टले नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्ने अवसर प्राप्त हुनु गौरवको विषय भएको उल्लेख गर्दै आयोजक संस्था, प्रशिक्षक टोली तथा सम्पूर्ण नेपालीबाट प्राप्त सहयोग, विश्वास र समर्थनप्रति आभार व्यक्त गरिन्।
प्रतियोगितामा सञ्जु भट्टले प्रस्तुत गर्ने नेसनल कस्ट्युम र गाउन इन्स्टिच्युट अफ इन्टरनेशनल फेसन टेक्नोलोजीका डिजाइनरहरू प्रतिक गुरुङ र दिक्षा ढकालद्वारा डिजाइन गरिएको छ। ककटेल ड्रेस भने सेन्ट्रल फेसन स्कूलकी डिजाइनर सायरा भुजेलद्वारा डिजाइन गरिएको छ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-01-22
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
