काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डलाई गाभ्ने आफ्नो योजनालाई जायज बताएका छन् । स्वीजरल्याण्डको डाभोसमा जारी विश्व आर्थिक मञ्चलाई सम्बोधन गर्दै ट्रम्पले अमेरिका बाहेक अरू कुनै पनि देशले ग्रिनल्याण्डको रक्षा गर्न नसक्ने दाबि गर्दै अमेरिकालाई राष्ट्रिय सुरक्षाको लागि ग्रिनल्याण्ड चाहिने दोहोराए ।
ट्रम्पले अमेरिकाले ग्रिनल्याण्ड प्राप्त गर्न बल प्रयोग नगर्ने पनि स्पष्ट गरेका छन् । उनले भने- ‘अमेरिकाले सामान्यतया कसैबाट केही माग्दैन, त्यसैले केही पाउँदैन । यदि म चाहन्छु भने, म ठूलो बल र सैन्य शक्ति प्रयोग गर्न सक्छु र कसैले पनि हामीलाई रोक्न सक्नेछैन । तर म त्यसो गर्न चाहन्न । म बल प्रयोग गर्दिन ।’
आफ्नो सम्बोधनमा ट्रम्पले युरोपले ग्रिनल्याण्डको बारेमा आफ्नो कुरा नसुनेमा अमेरिकाले यसलाई सम्झने चेतावनी दिए । उनले अमेरिकाले विश्वको सुरक्षाको लागि केवल हिउँको क्षेत्र चाहन्छ, तर युरोप यसलाई त्याग्न तयार नदेखिएको बताए ।
ट्रम्पले दोस्रो विश्वयुद्धको समयमा जर्मनीले डेनमार्क कब्जा गरेको थियो र संयुक्त राज्य अमेरिकाले ग्रीनल्याण्डको रक्षा गर्नुपरेको प्रसंग उल्लेख गर्दै अमेरिकाले पछि ग्रीनल्याण्ड फिर्ता गर्यो, जसलाई ट्रम्पले अमेरिकाको तर्फबाट ठूलो गल्ती र डेनमार्कप्रति कृतघ्नको रूपमा वर्णन गरे । उनले यदि संयुक्त राज्य अमेरिकाले दोस्रो विश्वयुद्धमा हस्तक्षेप नगरेको भए, विश्वका मानिसहरूले आज जर्मन र केही हदसम्म जापानी भाषा बोलिरहेको हुने धारणा राखे ।
ट्रम्पले अमेरिकालाई नेटोलाई बिना शर्त समर्थन गरिरहेको तर आवश्यक परेको बेला नेटो देशले अमेरिकालाई सहयोग गर्ने कुरामा आफुला शंका रहेको टिप्पणी गरे ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-01-22
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
