काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्नो दीर्घकालीन ऋण व्यवस्थापन र दायित्व स्पष्टीकरणका विषयमा सञ्चय कोष र नागरिक लगानी कोषका उच्च अधिकारीहरूसँग छलफल सुरु गरेको छ । पछिल्लो समय ऋणको आकार बढ्दै गएको अवस्थालाई व्यवस्थापनका लागि स्पष्ट योजना तयार गर्न निगमले छलफल सुरु गरेको हो ।
दुवै पक्षबीच लामो समयदेखिको संवादहीनतालाई तोड्दै निगमका उच्च पदाधिकारीहरूको टोलीले दुवै कोषका शीर्ष अधिकारीहरूसँग विस्तृत रूपमा छलफल सुरु गरेको छ । निगमका कार्यकारी सञ्चालक अमृतमान श्रेष्ठको नेतृत्वमा गएको टोलीले विशेषगरी निगमले तिर्नुपर्ने कुल ऋण रकम दुई पक्षबीच तथ्यमा एकरूपता नदेखिएको विषय उठेको थियो ।
छलफलका क्रममा ऋण रकम निरन्तर बढ्दै गएकोले बक्यौता रकमको वास्तविकता मिलाएर एकरूप अभिलेख बनाउने, ब्याज मिनाहा वा छुटका सम्भावित विकल्पहरू यकिन गर्ने तथा ऋण तिर्ने तालिका पुनःसमायोजन गर्ने जस्ता विषयहरूमा गम्भीर छलफल भएको निगम स्रोतले जनाएको छ ।
नागरिक लगानी कोष र सञ्चय कोषले दिएको ऋण मिनाहा गर्ने अथावा ब्याज मिनाहा गर्ने र, यस्तो अवस्था नरहेको खण्डमा निगमले नेपाल राष्ट्र बैंक अर्थात नेपाली सेनासँग रहेको रकम सहुलियत ब्याजमा ऋण उपलब्ध गराउने सन्दर्भमा छलफल गर्न उचित देखिन्छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-01-21
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
