काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले शुक्रबार ललितपुरको लबिम महलमा कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरेको ट्रेलरमा प्रेम, छलकपट र धोका समेटिएको छ ।
एकअर्कासँगको सामिप्यता, प्रेम, धोका र बदला ट्रेलरमा देख्न सकिन्छ । सुरुमा प्रेम र रोमान्स पछि धोका र बदलाको कथा ट्रेलरमा प्रष्ट देखिएको छ । प्रेम नपाउँदाको तनाव र त्यसले सिर्जना गरेको घटनाक्रमलाई ट्रेलरले समेटेको छ ।
चलचित्रको कथा भने प्रष्टसँग अझै खुलाइएको छैन । सस्पेन्स क्रिएट गर्न ट्रेलर सफल छ । साइकोलोजिकल थ्रिल ट्रेलरमा देखिन्छ । भिजुअल र कलरले चलचित्रको टोन समात्ने प्रयास गरेको छ ।
ट्रेलरमा चलचित्रका अधिकांश कलाकारलाई देख्न सकिन्छ । साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको चलचित्र ‘द ब्ल्यू लाइट’मा बेनिशा हमाल, अर्पण थापा, आयुशमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन् । ‘द ब्ल्यू लाइट’मा बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।
माघ १६ गते रिलिज हुने चलचित्रलाई बलिराम चौहानले निर्देशन गरेका हुन् । उनको यो डेब्यु निर्देशन हो ।
स्काइफल पिक्चर्सले प्रस्तुत गरेको ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् । कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन् ।
नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रमा आकाश उखेडा मख्य सहायक निर्देशक छन् । रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक हुन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-01-16
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
