काठमाडौँ । नेकपा एमालेका महेश बस्नेतले काठमाडौँ महानगरका मेयर बालेन शाह झापा-५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चुनावमा लड्ने भएपछि टिप्पणी गर्दै राजनीतिक जीवनबाट बिदा लिएर आफ्नो पुरानै पेशातर्फ फर्कनुपर्ने अवस्थामा पुग्ने बताएका छन् ।
बालेनले ओलीविरुद्ध चुनाव लड्ने तयारी गरिरहेको विषय सामाजिक सञ्जाल र मिडियामा चर्चा भएपछि नेता बस्नेतले काठमाडौँको असफल मेयरको रुपमा जनमत गुमाएको भन्दै आफ्नो जन्मथलो महोत्तरीमा राजनीतिक उपस्थिति देखाउन नसकेको आरोप लगाएका छन् ।
उनले भनेका छन्- ‘काठमाडौँमा असफल मेयरका रूपमा जनमत गुमाइसकेको, आफ्नै जन्मथलो महोत्तरीमा समेत राजनीतिक उपस्थिती देखाउन नसक्ने ‘फेसबुकिया प्रधानमन्त्री’ भनेर चिनिने तथा विदेशीको मतियार लुसिफरको उपमा पाएको व्यक्ति अब झापाबाट चुनाव लड्ने चर्चा सुनिएको छ । यदि यो कुरा सत्य हो भने, निर्वाचन मा लज्जासपद पराजय भोगेर गायकबाट राजनीतिमा प्रवेश गरेका यो पात्र अब राजनीतिक जीवनबाट बिदा लिएर आफ्नो पुरानै पेशातर्फ फर्कनुपर्ने अवस्थामा पुग्ने छ ।’
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-01-13
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
