काठमाडौँ । गायक तथा अभिनेता प्रशान्त तामाङको दार्जिलिङमा सम्मानसहित अन्त्येष्टि गरिने भएको छ ।
दिल्लीको दिनदयाल अस्पतालमा पोस्टमार्टम गरिएपछि आज सोमबार गायक तथा अभिनेता प्रशान्त तामाङको पार्थिव शरिरलाई बागडोग्रा हुँदै जन्मथलो दार्जिलिङमा लगिने बताइएको छ । उनको सम्मानसहित अन्त्येष्टि गरिने स्थानीय सरकारले जानकारी दिएको छ ।
सन् २००७ मा भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजनका विजेता बनेपछि प्रशान्त लोकप्रिय बनेका थिए । पहिलो पटक नेपाली मुलका गायक इण्डियन आइडलमा गएको भन्दै उनलाई जिताउन नेपालमा पनि अभियाननै चलाइएको थियो । कोलकोता प्रहरीका जागिरे रहेका प्रशान्त इन्डियन आइडल जितेपछि जागिर छोडेर गायन र अभिनयमा केन्द्रित बनेका थिए । उनले नेपाली फिल्ममा अभिनयसहित कैयौं गीत गाएका छन् ।
तामाङको आइतबार ४३ वर्षको उमेरमा हृदयघातका कारण दिल्लीमा निधन भएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-01-12
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
