काठमाडौँ । बलिवुडको सबैभन्दा धेरै कमाई गर्ने अभिनेता रणवीर सिंहको फिल्म धुरन्धरले छैटौं सातामा पनि आफ्नो कमाईलाई निरन्तरता दिएको छ ।
फिल्मले रिलिजको छैटौं साताको पहिलो शुक्रबार ३.६ करोड र शनिबार ६.१० करोड कमाई गरेको बलिवुड फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् । फिल्म धुरन्धरले शनिबारसम्म ८५०.५५ करोड कमाई गरेको छ ।
बलिवुडको इतिहासमा सबैभन्दा बढी कमाई गर्ने फिल्म बनेर नयाँ इतिहास बनाएको धुरन्धरले पहिलो सातामा २१८ करोड, दोस्रो सातामा २६१.५ करोड, तेस्रो सातामा १८९.३ करोड कमाई गरेको थियो । त्यस्तै चौथो सातामा फिल्मले ११५.७ करोड र पाँचौं सातामा ५६.३५ करोड कमाई गरेको थियो ।
फिल्म धुरन्धर डिसेम्बर ५ मा रिलिज भएको थियो । यो फिल्म २०२५ को सबैभन्दा ठूलो फिल्म साबित भएपछि, धुरन्धरको दोस्रो भाग मार्चमा रिलिज हुने तय भएको छ । फिल्मको दोस्रो भाग १९ मार्च २०२६ मा रिलिज हुने घोषणा गरिएको छ । यसको बक्स अफिसमा यश र कियारा आडवाणी अभिनित फिल्म टक्सिकसँग भिडन्त हुने भएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-01-11
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
