काठमाडौं । गीतकार तथा गायिका अनिला राई बेलायतको क्याट्रिकमा बस्छिन् । दुई दशकदेखि बेलायत बस्दै आएकी अनिला जन्मभूमि नेपाल र नेपाली गीतसंगीत भनेपछि हुरुक्कै हुन्छिन् । त्यसैले बेलायतमा बसेर पनि उनी गीतसंगीतमा निरन्तर सक्रिय रहँदै आएकी छन् । फुर्सद हुनेवित्तिकै गीत रेर्कड गर्न अनिला टुप्लुक्क नेपाल आइपुग्छिन् । यसपटक पनि उनी क्रिसमसको विदाको अवसर छोपेर नेपाल आएकी छन् ।

यसै अवसरमा अनिलाले एक म्युजिक भिडियो सार्वजनिक गर्नुका साथै चार वटा गीत रेकर्ड गरेकी छन् । एक महिने विदामा नेपाल आएकी अनिलाले यस पटक ‘युद्धभूमि’ बोल गीतको भिडियो ल्याएकी हुन् ।

गायिका अनिलाकै शब्द र शान्तिराम राईको संगीत रहेको ‘युद्धभूमि’ गीतको भिडियोमा अनिलासँगै नन्दराज प्रोचा राई फिचरिङ छन् । यो गीत लाहूरेको जीवन गाथा र पारिवारिक प्रेममा आधारित रहेर तयार गरिएको छ ।

यसैबीच अनिलाले यस पटक आफ्नै शब्द र युवा संगीतकार पवन बान्तवा राईको संगीतमा चार वटा गीत रेर्कडिङ गरेकी छन् । अनिलाले ‘तिमी मेरो साथी’, ‘हे भगवान’, ‘मेरो जीवन’ र ‘बाँसको भाटा’ बोलको गीत गाएकी हुन् । अनिलाले यसपटक आफ्नो धारभन्दा केही फरकशैलीका गीत गाएकी छन् । ‘बाँसको भाटा’ बोलको गीत भने लोकगीत हो ।

विगत दुई दशकदेखि बेलायत बस्दै आएकी अनिलाले हालसम्म एक सयभन्दा बढी गीत गाइसकेकी छन् । उनी भन्छिन्, ‘म जहाँ रहेपनि मेरो मन मुटुमा नेपाल र नेपाली गीतसंगीतमा प्रगाढ लगाव छ । त्यसैले नेपाल आएको बेला गीत र भिडियो निर्माण गर्ने गरेकी छु ।’

अघिल्लोपटक नेपाल आउँदा झण्डै एकदर्जन गीत तथा भिडियो निर्माण गरेकी अनिलाले त्यसबेला फोटोसुटसमेत गर्न भ्याएकी थिइन् । तर, यस पटक भने उनी छोटो विदामा आएको उनी बताउँछिन् । करिब एक महिने विदामा आएकी अनिला यसपटक भने आफ्नो गाउँ सोलु जान भ्याइन् । जुन उनका लागि अविस्मरणीय बनेको छ । उनले भनिन्, ‘गाउँघर परिवर्तन भएछ । गाउँको विकास देख्दा खुसी लाग्यो ।’ उनी यही जनवरी १६ तारिखमा कर्मथलो बेलायत फर्कँदैछिन् ।
फोटो : हरिगोपाल प्रधान
मेकअप : मौसमी कन्दङ्वा लिम्बू

अघिल्लो पटक नेपाल आउँदा खिचिएका अनिला राईका केही तस्बिरहरु :





रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-01-07
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
